एजेन्सी असार ५ । अमेरीकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले अमेरीका ताईवानको स्वतन्त्रताको पक्षमा नभएको घोषणा गरेका छन् ।
चीन भ्रमणमा रहेका विदेशमन्त्री ब्लिन्कनले चीनीया राष्ट्रपति सि जिन पिङसँग भेटवार्ता गरेपछि यस्तो वक्तव्य जारी गरेका हुन् ।
हाल सम्म चीनको बिरोधका बाबजुद अमेरीकाले ठूलो परिणाममा ताईवानलाई हतियार बेच्दै आएको छ भने ताईवानको रक्षाका निम्ती युद्ध गर्ने सम्मको धम्की दिँदै आएको अमेरीकाको यो पछिल्लो अभिव्यक्तिले ताईवान स्वतन्त्रता पक्षधरमाथि संकट बढेको छ ।
पछिल्लो पाँच वर्षमा ताईवान मामलाकै कारण दक्षिणी चीनीया सागरमा चीन अमेरीका सैन्य तनाव बढेको छ भने व्यापार युद्धले दुबै देश प्रभावित हुँदै आएको छ ।
साथै कुटनीतिक सम्बन्ध विस्तारपछिको सबै भन्दा खराब सम्बन्धको अवस्थामा चीन अमेरीका पुगेका छन् ।
चीनीया विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी अमेरीकी विदेशमन्त्रीसँग गहन छलफल भएको र अमेरीकाले चीनलाई खतराको सिद्धान्तबाट हेर्ने , बढाई चढाई गर्ने कार्य रोक्नु पर्ने, एकतर्फी प्रतिवन्धहरु खारेज गर्नु पर्ने जस्ता विषयमा छलफल भएको जनाएको छ ।
पछिल्लो पाँच वर्षमा उच्च अमेरीकी अधिकारीले गरेको यो पहिलो भ्रमण हो ।