एजेन्सी ३ बेईजिङ । अमेरीका र चीनबीच ताईवान मामलालाई लिएर तनाब बढीरहेका बेला अमेरीकी स्टेट सेक्रेटरी एन्टोनी ब्लिन्कन चीन भ्रमणमा गएका छन् ।
जो बाईडेन अमेरीकी राष्ट्रपति बनेपछि सबै भन्दा उच्च अधिकारी चीन भ्रमणमा गएका हुन् । उनले चीनीया विदेशमन्त्री छिन गानसँग भेटवार्ता गरेका छन् ।
यो भ्रमणमा द्धिपक्षीय सम्बन्ध सुधार गर्ने प्रयास हुनेछ । केही महिना अघि नै हुने भनिएको यो भ्रमण अमेरीकी आकाशमा चीनीया बेलुन देखिएपछि रद्ध भएको थियो ।
चीनको चेतावनीका बाबजुद अमेरीकाले निरन्तर ताईवानलाई उकासिरहेपछि चीनले आक्रोश व्यक्त गर्दै आएको छ । ब्लिन्कन चीन जानु अघि बिल गेट्स सहित थुप्रै अमेरीकी व्यापारीहरुले चीन भ्रमण गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline