असार २ काठमाण्डौँ । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले बेलारुसमा कार्यनीतिक परमाणु बम तैनाथ गरेको पुष्टी गरेका छन् । यो गर्मी मौसमको अन्त्य सम्ममा बेलारुसका ६ ठाँउमा परमाणु बम तैनाथ भईसक्ने पनि पुटिनले घोषणा गरेका छन् ।
रुसले कार्यनीतिक परमाणु बम बेलारुसमा पुर्याईसकेको बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले पनि स्वीकारेका छन् ।
सोभियत सघकालिन ७ वटा परमाणु ठेगानालाई मर्तत गरेर तैनाथ गरिएको उनले रुसी सञ्चार माध्यमलाई बताएका छन् । यो द्धितीय विश्व युद्धताका बनाईएको थियो ।
हाल रुसले बेलारुसमा पठाएको परमाणु बम अमेरीकाले जापानको हिरोसिमा र नागाशाकीमा प्रहार गरेको भन्दा तीन गुणा शक्तिशाली रहेको लुकासेन्कोको दावी छ ।
रुसले आयोजना गरेको अन्तराष्ट्रिय आर्थिक मञ्चको बैठकलाई संवोधन गर्दै पुटिनले तत्काल युक्रेनमा परमाणु बम प्रहार गर्ने आवस्यकता नरहेको स्पष्ट गर्दै रुसलाई विघटन गर्ने, ध्वस्त पार्ने विदेशी चाहना पूरा नहुने बताए ।
उनले रुसको ईतिहास थाहा नहुनेहरुले त्यस्तो सपना देख्ने गरेको भन्दै पश्चिमा शक्तिहरुलाई चेतावनी दिए, रुसको कुनै पनि क्षेत्रमा खतरा पैदा गरे परमाणु हतियार प्रहार हुनेछ ।
पुटिनले विश्वभर डलरमुक्त आर्थिक कारोबार हुने क्रम बढेको र रुबल र युआनमा व्यापार बढेको बताए । अमेरीका र युरोपले रुसमाथि लगाएको आर्थिक प्रतिवन्ध र वैदेशिक सञ्चिति जफत गर्ने कार्य मध्ययुगिन भएको पुटिनको टिप्पणी छ ।
रुसको अर्थतन्त्रको आफ्नै गति रहेको र अघि बढीरहेको भन्दै अब विश्व एक ध्रुवीयबाट बहुध्रुवीय हुने दिशामा गईरहेको पनि उनले बताए ।