मेलम्चीमा प्रधानमन्त्रीको प्रतिवद्धताः सडक बाह्रै मास चल्न बनाउने, याङग्री र लार्के खोलाको पानी पनि ल्याउने

मेलम्चीमा प्रधानमन्त्रीको प्रतिवद्धताः सडक बाह्रै मास चल्न बनाउने, याङग्री र लार्के खोलाको पानी पनि ल्याउने

  • शुक्रबार, असार १, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले त्यसलाई अझै व्यवस्थित बनाउन सरकार लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।

७८ सालमा बाढीले क्षति पुर्याएको मुहान स्थल र सडकको निरीक्षण गर्दै प्रधानमन्त्रीले त्याहाँ बाह्रै मास चल्ने सडक निर्माणका लागि थप आर्थिक स्रोतको व्यवस्था गर्ने बचन पनि दिए ।

साथै अब याङग्री र लार्के खोलाको पानी समेत मेलम्चि सुरुङ मार्गमा जोडेर ल्याउने काम तीव्र पार्ने आस्वासन दिए ।

काठमाण्डौँमा यसको गृहकार्य गरेर थप कार्य अघि बढाउने उनको भनाई छ । मेलम्चीबाट हाल १७ करोड लिटर पानी दैनिक काठमाण्डौँमा आईरहेको छ । याङग्री र लार्के खोलाको पानी पनि मिसाउदा काठमाण्डौँमा दैनिक ५१ करोड लिटर पानी आपुर्ति हुनेछ ।

यस भ्रमणमा खानेपानी मन्त्री महेन्द्र राय यादव र श्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेत लगायतको पनि सहभागीता रहेको थियो ।
विसं २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनःसञ्चालन गरिएको थियो ।

विसं २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायीरुपमा काठमाडौं उपत्यकामा वितरण थालिएको थियो । विसं २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनःमेलम्चीको पानी वितरण थालिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी