अनलाईन जुवामा संलग्न रहेको आरोपमा कलाकार बल्छी ध्रुवे पक्राउ

अनलाईन जुवामा संलग्न रहेको आरोपमा कलाकार बल्छी ध्रुवे पक्राउ

  • बिहिबार, जेष्ठ ३२, २०८०
  • मिर्मिरे अनलाइन

  • 21.4K
    SHARES

जेठ ३२ काठमाण्डौँ । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत भएको ठगी प्रकरणमा कलाकार मरिचमान श्रेष्ठ ुबल्छी ध्रुवेु पक्राउ पनि परेका छन्।

बुधबार मात्रै प्रहरीले ‘वान एक्स बेट’मार्फत ६४ करोडको अवैध कारोबार गरेको फेला पारेपछि कलाकार बल्छी ध्रुवे पनि तानिएका हुन्। उनीसहित यो प्रकरणमा मुछिएका करिब ८ देखि १० जनालाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ तयारी गरेको थियो।

बल्छी ध्रुवेसहित कलाकारले आफूले खेल्ने टेलिसिरियल र भिडिओहरु मार्फत ‘वान एक्स बेट’को अनलाइन जुवालाई प्रवर्द्धन र प्रचार गर्दै आएका थिए। बल्छीध्रुवेलाई अहिले पक्राउ गरेर प्रहरीले अपराध अनुसन्धान कार्यालयमा लगेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालले बुधबार मात्रै कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरी १२ जनाको नाममा खाता खोलेर ‘वान एक्स बेट’ मार्फत जुवा खेलाउन करोडौँ अवैध कारोबार गरेको भेट्टाएको थियो।

यो प्रकरणमा खड्काले सट्टेबाजहरुको मुख्य एजेन्टका रुपमा आफूलाई सक्रिय बनाउने गरेका थिए। उनै खड्काले कलाकारहरुलाई पनि आकर्षक रकमको प्रलोभन देखाएर अनलाइन जुवाको प्रमोशन गराउने गरेका थिए । सट्टेबाजका रकम प्रयोग गर्न दिनेशले बैंक खाता नै ६३ वटा खाता खोलेको भेटिएको थियो।

खड्कासहितका गिरोहले सट्टेबाजीमा ६४ करोड १३ लाख कारोबार गरेको पाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी