जेठ ३० काठमाण्डौँ । पछिल्लो समय खाडी देशहरु मुख्यतयाः साउदी अरेबिया अमेरीकी खेमाबाट बाहिर निस्कँदै गएको छ । उसले अहिलेको बिशाल अर्थतन्त्र सहितको ठूलो उदीयमान शक्तिचीनसँग सम्बन्ध प्रगाढ बनाउदै गएको छ । यसले अमेरीका भने तनावमा परेको देखिन्छ ।
यसै साता साउदी अरेबियाको रियादमा चीनीया र अरब देशहरुका अधिकारी, व्यापारीहरुको ३५ सय भन्दा बढी प्रतिनिधिहरु एकै ठाँउमा भेला भएर आर्थिक र व्यापारीक क्षेत्रमा सबै दिशामा गंभीर छलफल भएको छ ।
जसमा अर्बौ डलरका दर्जनौँ परियोजनाहरुमा सम्झौता समेत भएको छ । चीन र अरब राष्ट्रहरुको यो समझदारीले विश्वकै ध्यानाकर्षित गरेको छ । यसले मुख्यतयाः दशकौँ देखि अरब देशहरुभित्र विभाजन गर्ने र हावी हुने अमेरकिी खेल कमजोर भएको छ । यसले अरब देशहरुमा बिआरआई परियोजना अन्तर्गत उद्योग, लगानी र पर्यटनमा ठूलो मद्धत पुग्ने अपेक्षा गरिएको छ ।
सोमबार सकिएको अरब चाईना बिजनेस कन्फेरेन्सले १० अर्ब डलर बराबरको तीस वटा परियोजनामा लगानी सम्झौता भएको छ । खनिज तत्व, प्रविधि, कृषि, स्वास्थ्य, सप्लाई चेन आदिमा ती परियोजनाहरु तय भएका छन् ।
यो लगानीको ५० प्रतिशत भन्दा बढी हिस्सा केवल साउदी अरेबियामा हुनेछ । ५.६ अर्ब डलरको लगानी चीनले साउदी अरबमा गर्नेछ । केही समय अघि मात्रै चीनीया राष्ट्रपति सि जिन पिङलाई साउदी अरबले भव्य स्वागत गरेको थियो ।
केही दिन अघि अमेरीकी मन्त्री ब्लिंकनले साउदी अरबको भ्रमण गरेर मत्थर पार्ने प्रयास गरेपनि साउदी चीन तर्फ आकर्षित भएको छ । साउदी चीनीया पर्यटकहरु नेपालमा भित्र्याउन पनि उत्साहित छन् ।
चीनकै पहलमा शत्रुतापूर्व अवस्थामा रहेको साउदी अरब र ईरानबीच पनि सम्बन्ध सुधार हुँदै गएको छ । बन्द रहेको दुतावास ईरानले सात वर्षपछि साउदीमा पुनः खोलेको छ । यही प्रभाव स्वरुप तेलको उत्पादन कटौती र बृद्धिका सम्बन्धमा साउदीले अमेरीकाको कुरालाई टेर्न छाडेको छ ।
यसले खाडी देशहरु अमेरीकी खेमाबाट चीन खेमामा प्रवेश गर्दै गर्दा, अफ्रिकामा पनि चीनको प्रभाव उल्लेख्य बनिसकेको छ भने ल्याटीन अमेरीकी देशहरुमा पनि चीनको प्रभाव बाक्लो हुँदै गएको छ । यसले अमेरीकाले धेरै क्षेत्रहरुमा आफ्नो प्रभाव कमजोर हुन थालेको महसुस गर्न शुरु गरेको छ ।
अमेरीका युद्ध गराउने, हतियार बेच्ने, द्धन्दमा सामेल हुने आक्रमण गर्ने जस्ता गतिविधिबाट शक्ति बचाउन लाग्दा चीनले उद्योग, लगानी, अर्थतन्त्र र रोजगारी सृजना गर्ने र विकासमा साझेदार हुने र सहयोग गर्ने नीति लिएका कारण चीनले अमेरीकी प्रभावलाई कमजोर तुल्याउदै आफ्नो प्रभाव संसारभर बढाईरहेको देखिन्छ ।