अखण्ड नक्साबारे भारतले भन्यो, प्रष्टीकरण दिनु परे नेपाल र बंगलादेशलाई दिन्छौँ

अखण्ड नक्साबारे भारतले भन्यो, प्रष्टीकरण दिनु परे नेपाल र बंगलादेशलाई दिन्छौँ

  • शुक्रबार, जेष्ठ २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

जेठ २६ काठमाण्डौँ । भारतले नयाँ संसद भवनमा राखेको अखण्ड नक्साबारे मुख खोलेको छ । भारतीय विदेशमन्त्री यस जयशंकरले बिहीबार नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै अखण्ड भारतु को नक्साबारे सरकारका प्रवक्ताले पनि स्पष्ट पारिसकेको बताउँदै छिमेकी मुलुकहरूले बुझिसकेकोमा आफू विश्वस्त रहेको बताए।

जयशंकरले यस्ता विषयलाई राजनीतिक विषय बनाउन नहुने पनि बताए।

ुमलाई लाग्दैन कि राजनीतिक विषय बन्नुपर्छ, हाम्रा छिमेकी देशहरू यस्ता कुरा बुझ्छन्। त्यसबारे स्पष्टीकरण चाहिन्छ भने पनि कुनै ठूलो कुरा होइन, उनले भने।

उनले नक्साकै तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्साका बारेमा वर्णन गरिएको समेत बताए।

भारतको नवनिर्मित संसद् भवनमा राखिएको उक्त भित्ते नक्सामा नेपालको समेत केही भूभाग समेटिएको भन्दै नेपालमा सडकदेखि संसदसम्म त्यसको विरोध भइरहेको छ।

भारतले अखण्ड नक्सा राखेकोमा नेपाल, बंगलादेश र पाकिस्तानमा बिरोध भईरहेको छ ।

उनले यदी आवस्यक परे नेपाल र बंगलादेशलाई प्रष्टीकरण दिन भारत तयार रहेको पनि बताए ।

यस अघि हिजो भारतमै रहेका काठमाण्डौँका मेयर बालेन्द्र शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ