तीन दिनको भीषण युद्धमा ३७ सय युक्रेनी सेनाको मृत्यु, रुसका ७१ सैनिकको ज्यान गयो

तीन दिनको भीषण युद्धमा ३७ सय युक्रेनी सेनाको मृत्यु, रुसका ७१ सैनिकको ज्यान गयो

  • बुधबार, जेष्ठ २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

जेठ २४ एजेन्सी । रुस बिरुद्ध युक्रेनले शुरु गरेको प्रत्याक्रमणको तेस्रो दिन सम्म आँउदा युक्रेनी सेनाका ३७०० जवानको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले दावी गरेको छ ।

रुसी रक्षा मन्त्रालय सरगेई सुगोउले पत्रकार सम्मेलनमा डोनेस्क , लुहान्सक र जेपोरेजियाका विभिन्न फ्रन्टलाईनमा हमला गरेको युक्रेनी फौजलाई निस्तेज पारिएको बताए ।

तीन दिनको युद्धमा मात्रै ५२ ट्यांक, २०७ आर्मर भेईकल, ५ वटा सैन्य विमान, २ वटा हेलिकप्टर र ५३ वटा ड्रोन नष्ट पारिएको सुगोउले उल्लेख गरे । यस हमलामा रुसी सेनाले जर्मनीले दिएको विश्वकै उच्च स्तरीय क्षमता भएको जर्मन लियोपार्ड २ ट्यांक ८ वटा नष्ट पारिएको दावी गरेको छ ।

रुस तर्फ ७१ जवानको मृत्यु, २ सय बढी घाईते भएको पनि रुसी रक्षा मन्त्रालयले जनाएको छ । साथै खेरसनमा रहेको जलबिद्युत आयोजनाको बाँध पनि युक्रेनले ध्वस्त पारेको रुसको आरोप छ । यो बाँध रुसले विष्फोट गरेर उडाएको युक्रेनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ