जेठ २१ एजेन्सी । रुसले युक्रेनको विभिन्न सैन्य एयरबेसमा हमला गरेको जनाएको छ ।
युक्रेनमा सैन्य हवाई अड्डामा लामो दुरीका सटिक हतियारबाट प्रहार गरिएको कतिपय सैन्य विमान, हतियार भण्डारण र ड्रोन मर्मत कारखाना नष्ट गरिएको रुसी रक्षा मन्त्रालयको दावी छ ।
साथै पश्चिमाहरुले प्रदान गरेको हतियार भण्डारण नष्ट गरेको पनि रुसको दावी छ ।
यता युक्रेनले चाँडै रुस बिरुद्ध प्रत्याक्रमण गर्ने संकेत गरेको छ । उसले मिति सार्वजनिक नगर्ने भन्दै सैन्य तयारीको तस्वीर भने सार्वजनिक गरेको छ । पश्चिमाहरुले एक पछि अर्को घातक हतियार प्रदान गर्दै रुस बिरुद्ध लड्न युक्रेनलाई प्रेरित गरिरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline