भारत र बंगलादेशले बस्ती र जमिन साटासाट गरेर सीमा विवाद यसरी हल गरेको थियो

भारत र बंगलादेशले बस्ती र जमिन साटासाट गरेर सीमा विवाद यसरी हल गरेको थियो

  • आइतवार, जेष्ठ २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

भारत र बंगलादेशबीच पनि सीमा विवाद थियो । पटक पटक सीमानामा गोली चल्दा दुबै तर्फका सुरक्षाकर्मीको समेत ज्यान जाने गरेको थियो । उनीहरुको सीमा विवाद बंगलादेश नबन्दै पाकिस्तान हुँदै देखिको थियो । अर्थात सन् १९४७ देखि नै ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको महत्वपूर्ण छलफल र भेटवार्तापछि सीमा विवाद समाधान भएको हो २०७२ सालमा । २०७२ साल साउन १५ गते राति भारतीय कब्जामा रहेका बंगलादेशको बस्ती र जमिन फिर्ता भएको थियो भने केही बंगलादेश नियन्त्रित बस्ती र जमिन भारत तर्फ मिसाईएको थियो ।

भारत र बंगलादेशबीच करिब १ सय ६० साना भूभाग र तिनका बासिन्दा एकार्कामा साटासाट गरिएको थियो ।

भूमि सम्झौता अनुसार दुई देशबीचको सीमामा रहेर अनागरिकका अवस्थामा रहेकाहरुलाई उनीहरुले रोजेको देशको नागरिकता रोज्न दिने छुट दिइएको थियो ।

जस अनुसार १ सय ६० साना वस्तीहरु एकापसमा साटासाट गरिएको हो । यसबाट ती वस्तीमा रहने करीब ५० हजार व्यक्तिले सुविधा पाएका छन् । विवादास्पद १ सय ११ वटा स्थान बंगलादेशतर्फ र ५१ वटा स्थान भारततर्फ गाभिएका छन् ।

सन् १९४७ मा भारत विभाजन भएदेखि नै यो विवाद कायम थियो । ७६ वर्षदेखि अनागरिकको अवस्थामा रहेकाहरुले यो सुविधा पाएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ