चीनले पहिलो पटक चन्द्रमामा पठायो नागरिक अन्तरीक्ष यान,तीन यात्रु चन्द्रमामा पुग्ने

चीनले पहिलो पटक चन्द्रमामा पठायो नागरिक अन्तरीक्ष यान,तीन यात्रु चन्द्रमामा पुग्ने

  • मङ्लबार, जेष्ठ १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

जेठ १६ एजेन्सी । चीनले आफ्नो पहिलो मानव नागरिक अन्तरिक्ष यान चन्द्रमामा पठाएको छ । स्थानीय समयअनुसार मंगलबार बिहान सेन्जो–१६ यानले पृथ्वी छाडेको हो। चीनको जिउक्वान भू–उपग्रह प्रक्षेपण केन्द्रमार्फत् चन्द्रमामा पठाइएको उक्त यानमा तीन सदस्यीय प्रतिनिधि मण्डल छन् । अनुभवी कमाण्डर जिङ हाइपेङले नेतृत्व गरेको टोलीमा गुई हाईचाओ र झु याङझु रहेका छन्। विमान उडेको १९ मिनेटपछि चीनले प्रक्षेपण सफल भएको घोषणा गरेको छ।

चीनले सन् २०३० सम्म चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन थाल्ने योजना बनाएको छ। चीनले रूस र अमेरिकासँग प्रतिस्पर्धा गर्नेगरी चन्द्रमाको अन्वेषणमा अर्बौँ लगानी गरिरहेको छ।

चीनले चन्द्रमामा मानव बस्ती बसाल्नका लागि आधार निर्माण गर्ने योजना पनि बनाइरहेको छ । त्यहाँको राष्ट्रिय अन्तरिक्ष प्रशासनले सन् २०२९ सम्ममा मानवयुक्त चन्द्रयान प्रक्षेपण गर्ने लक्ष्य राखेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी