अर्थमन्त्रीद्धारा संसदमा आर्थिक सर्वेक्षण प्रस्तुतः अर्थतन्त्र सुधार तर्फ ( पूर्ण पाठ )

अर्थमन्त्रीद्धारा संसदमा आर्थिक सर्वेक्षण प्रस्तुतः अर्थतन्त्र सुधार तर्फ ( पूर्ण पाठ )

  • आइतवार, जेष्ठ १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

जेठ १४ काठमाण्डौँ । सरकारले आर्थिक सर्वेक्ष्ण सार्वजनिक गरेको छ। सर्वेक्षणले अर्थतन्त्र सुधार हुँदै गएको देखाएको छ। कोभिड–१९ महामारीबाट प्रभावित विश्व अर्थतन्त्र क्रमिक रूपमा सुधारोन्मूख हुँदै गएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

अधिकांश देशमा सार्वजनिक ऋण उच्च भएको कारण अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि थप वित्तीय स्रोत परिचालन गर्न वित्त नीतिको दायरा सीमित हुन पुगेको छ।

रुस युक्रेन युद्धको कारण वस्तुको मूल्यमा तीब्र वृद्धि भई विश्व मुद्रास्फीतिमा परेको दबाब केही समयदेखि कम हुँदै गएको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणमा फल स्वरूप, आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा २ दशमलव १६ प्रतिशत हुने अनुमान छ।

सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा रहेको पनि अर्थमन्त्री महतले बताए । ती संस्थानहरुमा सरकारको सेयर तथा ऋण लगानी ६ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा ती संस्थानबाट सरकारलाई ६ अर्ब १६ करोड लाभांश प्राप्त भएको छ । यो कुल लगानीको १ प्रतिशत हो ।

यसै गरी नेपालमा अझै १५।१ प्रतिशत जनसंखया गरिबीको रेखामुनि रहेको पाइएको छ । आर्थिक सर्वेक्षण २०७९र८० ले यस्तो देखाएको हो । गरिबीको रेखामुनि रहेको ठूलो जनसंख्या अहिले पनि ग्रामिण भेगमा बस्ने गरेको छ ।

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय वार्षिक १३ सय ९९ अमेरिकी डलर पुगेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार नेपालीको प्रति व्यक्ति कुल गार्हस्थ उत्पादन ८.१ प्रतिशतले बढेर १ लाख ८२ हजार ६ सय ७३ रुपैयाँ पुगेको अनुमान छ जुन अमेरिकी डलरमा १३ सय ९९ डलर हुन आउँछ ।

गत आर्थिक वर्षमा यस्तो प्रति व्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ मात्र थियो । यस अवधिमा प्रति व्यक्ति कुल राष्ट्रिय आय भने १४ सय १० अमेरिकी डलर र प्रति व्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय १७ सय ५२ अमेरिकी डलर पुग्ने अनुमान छ।

https://drive.google.com/file/d/1AT5I8mB3k8JmdbOkQCY_CQP59j53Elk-/view

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी