मानव मस्तिष्कमा चिप राख्न एलन मस्कले पाए अनुमति

मानव मस्तिष्कमा चिप राख्न एलन मस्कले पाए अनुमति

  • शुक्रबार, जेष्ठ १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

अमेरिकी खर्बपति व्यापारी एलन मस्कले मानवको मस्तिष्कमा चिप राखेर परीक्षण गर्ने अनुमति पाएका छन् । मस्कले सह–स्थापना गरेको न्यूरोटेक स्टार्ट अप कम्पनी न्यूरालिंकलाई अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले सोको अनुमति दिएको हो ।

कम्पनीले यसको घोषणा बिहीवार गरेको थियो । कम्पनीले यसअघि नै बाँदर र सुँगुरमा सो चिपको जडान गरेको थियो । सो परीक्षण सफल पनि भएको थियो । कम्पनीले लिंक नाम गरेको मानव मस्तिष्कमा राख्न मिल्ने चिप बनाइरहेको छ ।

यो प्रयोगको लक्ष्य मस्तिष्कलाई कम्प्युटरसँग जोड्नु हो । परीक्षणमा चिपको प्रयोग सफल भयो भने आँखै नदेख्ने मान्छेले चिपको सहायताले हेर्न सक्नेछन्, बोल्न नसक्नेले पनि बोल्न सक्नेछन् । पक्षघातका बिरामीले दिमागले औंलाले भन्दा छिटो स्मार्टफोन चलाउन सक्ने दाबी मस्कको छ ।

यसको मद्दतले अल्जाइमर्स, डिमेन्सिया र स्पाइनल कर्डमा चोटपटक जस्ता न्यूरोलोजिकल समस्याका कारण उत्पन्न रोगका उपचारमा पनि ठूलो फड्को मारिने आशा गरिएको छ । कम्पनीले अहिलेसम्म यो परीक्षणमा सहभागिता खुला गरेको छैन । यो प्रयोगको उद्देश्य मान्छेको दिमागलाई कम्प्युटरसँग सिधै कुराकानी गर्न सक्षम बनाउनु भएको डिसेम्बरमा न्यूरालिंकको एक प्रेजेन्टेशनको क्रममा मस्कले भनेका थिए ।

कम्पनीले मानवको दिमागमा चिप प्रत्यारोपणका लागि तयारी तीव्र पारेको छ । मस्कले सन् २०१९ को जुलाईमै न्यूरालिंकले सन् २०२० मा पहिलो मावन परीक्षण गर्ने वाचा गरेका थिए । उनको सो संकल्प अहिले पूरा हुन लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी