जेठ ७ काठमाण्डौँ । लामो युद्धपछि रुसी सेना र वाग्नर समुहका लडाकुले युक्रेनको डोनबासमा रहेको रणनीतिक शहर बखमुट नियन्त्रणमा लिएको छ ।
रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरी उक्त नुनको खानी रहेको शहर सम्पूर्ण रुपले नियन्त्रणमा लिएको बताएको छ ।
रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले वाग्नर लडाकु टिम र सेनालाई उक्त शहर कब्जा गरेपछि बधाई दिएका छन् ।
यस बारे प्रतिकृया दिँदै युक्रेनले बखमुटको अवस्था क्रिटिकल रहेको बताएको छ ।
पश्चिमाहरुको हतियार, प्रशिक्षण र पछिल्लो समय जर्मन लियोपार्ड ब्याटल टैंक ल्याएपनि युक्रेनले बखमुटको रक्षा गर्न सकेन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline