चीनबाट धमाधम मल आयात गर्न शुरु, यस वर्ष बेलैमा मल किशानले पाउने

चीनबाट धमाधम मल आयात गर्न शुरु, यस वर्ष बेलैमा मल किशानले पाउने

  • शनिबार, जेष्ठ ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

जेठ ६ काठमाण्डौँ । विगतका वर्षहरुमा समयमा मल उपलव्ध गराउन नसकेर सरकारले आलोचना खेप्दै आएका बेला यस पटक सरकारले बेलैमा धमाधम मल आयात शुरु गरेको छ ।

असारमा मुख्य धान रोपाईको सिजन शुरु हुनु अघि देखि नै सरकारले चीनबाट धमाधम मल ल्याउन शुरु गरेको छ । उता भारतबाट पनि मल ल्याउने प्रकृया शुरु भएको छ ।

चीनको तातोपानी नाकाबाट ३५ हजार टन युरिया मल नेपाल भित्रिदैछ ।

सिल्क मार्केटले २५ हजार र १० हजार परिणामको दुई चरणमा ३५ हजार टन युरिया मल तातोपानी भन्सार कार्यालयमा भित्राउन थालेको छ । जसमा तीन हजार पाँच सय टन मल कृषि सामग्री कम्पनी लिमिटेडले बुझिसकेको छ ।

सिल्क ट्रान्सपोर्टका चिफ अपरेटिङ अफिसर दामोदर सत्यालले सात हजार एक सय टन मल तातोपानी नाकामा आउँदै गरेको जानकारी दिनु भएको छ । उक्त परिणामको मलको टेष्ट र इन्पेक्सन प्रक्रिया छिटो गरिदिन कृषि सामग्री केन्द्रलाई आग्रह गरिएको छ ।

तातोपानी भन्सारको स्टोरेज क्षमता सात हजार पाँच सय टन मात्र भएकाले बाँकी मल सिगात्सेमा नै रहेको छ । केही दिनमा उक्त मलहरु तातोपानी भन्सारमा भित्रने छ ।

यस अघि पनि सिल्क मार्केटले चीनबाट ल्याएको चार हजार टन युरिया मल साल्ट टेर्डिङ कम्पनी र तीन हजार पाँच सय टन मल कृषि सामग्री कम्पनीले बुझेको थियो । उक्त परिणामका युरिया मल किसानले खेतीबालीमा प्रयोग गरिसकेका छन् ।

खेतीबालीमा अति आवश्यक मल चीनबाट ल्याउने र समयमा नै कृषकको हातमा पुर्‍याउने सिल्क मार्केटले जनाएको छ । यस वर्ष समयमा नै मल आयात हुन थालेपछि किसानले उपयुक्त बेला नै रासायनिक मल पाउने भएका छन् ।

प्रधानमन्त्रीको सक्रिय पहलमा यस वर्ष नेपालभर शैक्षिक शत्र शुरु हुनु अघि नै पुस्तक पुर्याईएको थियो । त्यसै गरी यस पटक मल पनि समयमै किशानले पाउने संभावना बढेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी