म्यानमारको सैन्य सरकारले एक अर्ब डलरको हतियार किनेको खुलासा

म्यानमारको सैन्य सरकारले एक अर्ब डलरको हतियार किनेको खुलासा

  • बिहिबार, जेष्ठ ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

४ जेठ, एजेन्सी । म्यानमारको सैनिक सरकारले सत्ता हातमा लिएपछि एक अर्ब डलर बराबरको हतियार खरिद गरेको खुलासा भएको छ ।

राष्ट्रसंघीय विशेषज्ञ टोलीले सन् २०२१ फेब्रुअरी १ मा सत्ता कब्जा गरे यता सैनिक सरकारले चीन, रुस, सिंगापुरलगायत देशहरुबाट एक अर्ब डलरको हतियार किनेको दावी गरेको हो ।

रुसबाट ४० करोड डलर बढी, चीनबाट २५ करोड डलर बढी र सिंगापुरबाट २५ करोड डलर बढीको हतियार विक्री भएको दावी पनि राष्ट्रसंघीय टोलीको रिपोर्टमा गरिएको छ । यस्तै, भारतबाट ५ करोड डलर बढी र थाइल्याण्डबाट झण्डै ३ करोड डलर बराबरको हतियार म्यानमार पुगेको पनि राष्ट्रसंघीय मानव अधिकार प्रतिनिधि टम एन्ड्रयुले बताएका छन् ।

खरिद गरिएका सामग्रीमा अत्याधुनिक हतियार, सेनाका लागि संचार सामग्री र दोहोरो प्रयोग हुने खालको प्रबिधि रहेको जनाइएको छ । रुस, चीन र भारतका सरकारी स्वामित्वका संस्थाले म्यानमारलाई हतियार विक्री गरेको भन्दै राष्ट्रसंघले ती देशहरुको आलोचना पनि गरेको छ ।

सत्ता कब्जा गरेपछि ब्यापक धरपकड गरी हजारौं प्रजातन्त्र समर्थकलाई जेल हालेको सैन्य सरकारले मानव अधिकार क्षेत्रमा सुधार गर्नुको साटो हतियार खरिद गरेको राष्ट्रसंघीय प्रतिनिधिले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ