विद्यार्थी संगठनको चेतावनी, शिक्षा क्षेत्रमा बेथिति र भ्रष्टाचार बढ्यो

विद्यार्थी संगठनको चेतावनी, शिक्षा क्षेत्रमा बेथिति र भ्रष्टाचार बढ्यो

  • सोमवार, जेष्ठ १, २०८०
  • डम्मर दत्त भट्ट

  • 2.6K
    SHARES

कञ्चनपुर, १ जेठ ।
कञ्चनपुर जिल्ला रहेका क्रियाशिल विद्यार्थी संघ संगठनले चालु शैक्षिक सत्र २०८० मा विद्यार्थी भर्नाका नाममा सामुदायिक र निजी विद्यालयले बेथिति मौलाएको र भ्रष्टताचार बढिरहेको बताएका छन ।
जिल्लाका चार विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू र विप्लव क्रान्तिकारीले सोमबार महेन्द्रनगरमा संयुक्त पत्रकार सम्मेलन गर्दै चालु शैक्षिक सत्रमा विद्यार्थी भर्नाका नाममा सामुदायिक र निजी विद्यालयले बेथिति मच्चाएको बताएका हुन ।
सामुदायिक विद्यालयले निःशुल्क विद्यार्थी भर्ना गर्नुपर्ने भएपनि अनेकन शिर्षक नामबाट रकम अशुलिरहेको र निजी विद्यालयले कानुन विपरित विद्यार्थीबाट चर्को भर्ना शुल्क अशुलिरहेको भन्दै त्यस तर्फ संगठनको गम्भिर ध्यानाकर्षण भएको बताएका छन ।
चालु शैक्षिक सत्र शुरुवातकै पुर्व सन्ध्यामा सामुदायिक तथा निजी विद्यालयसंग विद्यार्थी संगठनले भर्ना शुल्कदेखि पाठ्यपुस्तकमा बेथिति नमच्चाउन आग्रह गरेपनि वेवास्ता गर्दै मनपरी ढङगबाट भर्ना शुल्क, चर्को भर्ना शुल्क अशुलिरहेको र किताबमा कमिसनदेखि दिवाखाजामा समेत अनियसमतता गरिरहेको आरोप लगाएका छन ।
विद्यार्थी संगठनले निजी तथा विद्यालयका गतिबिधी बिरुद्धमा शसक्त आन्दोलन नगरेपछि सुक्ष्म ढङगबाट गतिबिधी नियालीरहेको बताएका छन । विद्यार्थी संगठनले अनाधिकृत रुपमा चर्को शुल्क अशुली रोक्न, पाठ्यपुस्तक परिर्वतन रोक्न, दिवाखाजामा भईरहेको अनियमिता सहित समग्र शिक्षा क्षेत्रमा देखिएको बेतिथि न्यूनिकरणका लागि जिल्लाका सबै पालिका मार्फत ७दिने अल्टिमेटम दिने र सो अवधिमा विद्यार्थी अभिभावकबाट थप गुनायो आउँदै गरेमा ८जेठमा संघर्षका कार्यक्रम घोषणा गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन ।
पत्रकार सम्मेलनमा नेकपा विप्लव निकट अखिल क्रान्तिकारी जिल्ला संयोजक अनिल घडेरीले सरकार विद्यालयले समेत अनेकन बहानामा विद्यार्थीलाई शुल्क अशुल्ने गरेको र निजी विद्यालयले आफुखुसी शुल्क निर्धारण गरेर विद्यार्थी अभिभावकको ढाडसेक्ने गरी शुल्क लिईरहेको बताए । ‘केही सामुदायिक विद्यालयले पाठ्यक्रम विकास केन्द्रले निर्धाण गरेका पुस्तक लत्याउँदै, निजी पब्लिकेशनका किताब लागु गरेका छन, ‘उनले भने, ‘यो भन्दा लज्जाको विषय अरु के हुनसक्छ ।’
निजी विद्यालय चर्को शुल्क अशुल्न केन्द्रीत रहेको र सामुदायिक विद्यालयभित्रै अंग्रेजी र नेपाली माध्यम भन्दै विभेद कार्य जारी राखेका छन । शैक्षिक विकृती बिरुद्धमा क्रान्तिकारी दरिलो रुपमा प्रस्तुत हुने उनको चेतावनी छ ।
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु जिल्ला संयोजक प्रज्वल कुँवरले निजी विद्यालयले मनपरी ढङगबाट ५देखि २०प्रतिशतसम्म शुल्क बृद्धि गरेर अभिभावकमाथि आर्थिक भार थमाईरहेको बताए । ‘गत बर्ष भन्दा यस बर्ष निजी विद्यालय शुल्क बृद्धि गर्न केन्द्रीत रहेको छ, ‘उनले भने, ‘निजी मात्रै होईन सामुदायिक विद्यालयमा समेत शुल्कका नाममा बेथिति नैछ, अनेकन शिर्षक राखेर रकम अशुली रोकिएको छैन ।’ निजीले शिक्षालाई व्यापारिकरण गर्दै र सामुदायिकले धरासायी बनाउन केन्द्रीत रहेको उनको भनाई छ । विद्यार्थीमाथि अनावश्यक शुल्क भार थप्ने कार्य नरोकिए आन्दोलनको चेतावनी दिएका छन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी जिल्ला संयोजक भुवन सिह विष्टले शिक्षामा देखिएको बेथिति रोक्नका लागि संयुक्त विद्यार्थीले दुई महिना पहिल्यै सरोकारवालाई समेत गराएपनि समस्या झन विकराल बन्दै गएको बताए । ‘हामीले त यस अघि नै शुल्क, पाठ्यपुस्तक, दिवा खाजाको विषयमा शिक्षासंग सरोकार राख्ने निकायको संयुक्त प्रेस नोट मार्फत ध्यानाकर्षण गराईसकेका थिए, ‘उनले भने, ‘संघीय सरकारले हाम्रो शैक्षिक एजेण्डामा ध्यान दियो, पालिका र विद्यालयले ध्यान दिएन ।’ केही सामुदायिक विद्यालयले अग्रेजी माध्यमबाट पढाउने नाममा सरकारको नीति बिरुद्धमा पाठ्यपुस्तक परिर्वतन गर्नेदेखि अनेकन शिर्षकमा रकम अशुलिरहेको बताए ।‘सरकारी शिक्षक, कर्मचारीले निजीमा लगानी र आफ्नै सन्तान पढाउने प्रवृति हावि छ, ‘उनले भने, ‘सरकारी छात्रबृतिका लागि कक्षा ९मा मात्रै आएर सरकारीमा भर्ना गराउने संस्कार छ ।’ शैक्षिक विकृती र दलालीकरण बिरुद्धमा क्रान्तिकारीले जस्तोसुकै कदम चाल्नपछि नगर्ने उनले चेतावनी दिए ।
काँग्रेस निकट नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष रमेश चटौतले विद्यार्थीबाट अनेकन बहानामा शुल्क अशुल्ने काम निन्दनिय भएको बताए । ‘हामीले खबरदारी गर्दा गर्दै पनि बोडिङ्गले चर्को शुल्क र सामुदायिक विद्यालयले अनेकन बहानामा शुल्क अशुलिरहेका छन ।’ अध्यक्ष चटौतले किताबदेखि दिवा खाजामा भईरहेको अनियमिताले शिक्षा क्षेत्रमा विकृती मौलाएको बताए । समग्र शैक्षिक क्षेत्रमा देखिएको विकृती बिरुद्धमा नेवि संघले शसक्त संघर्ष गर्ने चेतावनी दिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी