एजेन्सी, ३१ वैशाख । युक्रेनी सीमा नजिक दुई वटा हेलिकोप्टर र दुई वटा रुसी लडाकु विमान खसालिएको छ ।
अन्तराष्ट्रिय सन्चारमाध्यमका अनुसार सु–३४ र सु–३५ बम वर्षक विमान तथा एमआइ ८ हेलिकोप्टर गोली खसालिएको हो । ती सबै लगभग एउटै समयमा खसेको जनाइएको छ । युक्रेनको चर्निभ क्षेत्रमा क्षेप्यास्त्र आपूर्तिका लागि ती विमान तथा हेलिकोप्टर गइरहेको बेला खसालिएको अनुमान गरिएको छ ।
रुसी समाचार एजेन्सी तासले इन्जिनमा आगो लागेका कारण उक्त दुर्घटना भएको प्रारम्भिक सूचना आएको जनाएको छ । सामाजिक सञ्जालमा पोस्ट भएका दृष्यहरुमा भने हेलिकोप्टर आकाशमै पड्केर खसेको देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
यता, युक्रेनले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । बाख्मत शहरबाट रुसी सेनालाई भगाउन अघि बढिरहेको युक्रेनी सेनाले ती विमान र हेलिकोप्टर खसालेको हुन सक्ने अनुमान गरिएको छ ।