वायुसेवा निगमले अघि बढायो जहाज किन्ने प्रक्रिया, ९ सदस्यीय उपसमिति गठन

वायुसेवा निगमले अघि बढायो जहाज किन्ने प्रक्रिया, ९ सदस्यीय उपसमिति गठन

  • बिहिबार, बैशाख २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

वैशाख २८, काठमाडौँ । नेपाल वायु सेवा निगम (एनएसी) ले प्रस्ताव गरेको तीन वटा जहाज किन्ने प्रक्रिया अघि बढाएको छ । जहाज खरिदका लागि निगमले गत चैत २९ गते जहाज खरिद सम्भावना अध्ययन उपसमिति गठन गरेको थियो ।

उक्त समितिले २१ दिन लगाएर तयार गरेको प्रतिवेदन वायुसेवा सञ्चालक समितिलाई बुझाएको छ । योसँगै निगमले जहाज खरिदको थप प्रक्रिया अघि बढाएको हो ।
वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ क्याप्टेन सुधीर शमशेर राईको संयोजकत्वमा ९ सदस्यीय जहाज उपसमिति गठन गरेको हो । उक्त समितिले २१ दिनभित्र थप अध्ययन गरी बोर्डमा प्रतिवेदन पेस गर्नेछ । यसपछि भने जहाज खरिद प्रक्रियाले औपचारिकता पाउने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

निगमले नेपालको प्रादेशिक ९अन्तर प्रदेश० हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले सहरी क्षेत्रका एयरपोर्ट ९ट्रङ्क रुट० मा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको छ ।

सहरी क्षेत्रका एयरपोर्ट (ट्रङक रुट) मा चल्ने जहाज नभएको कारण निगमले हाल सहरी एवं व्यापारिक हिसाबले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन । निगमले दुई वटा जहाज खरिद गरेपश्चात् काठमाडौँ, विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढी लगायत नेपालका सहरी क्षेत्रबाट प्रादेशिक उडान भरी अझै धेरै यात्रुहरूलाई सेवा प्रदान गर्ने योजना बनाएको छ ।

यी जहाजहरू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरी नियमानुसार पारदर्शी रूपले खरिद गरिने वायुसेवा निगमले जनाएको छ । जहाज खरिद पश्चात् अन्तर्देशीय पर्यटन प्रवर्द्धन हुने निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर केहि हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने विश्वास समेत रहेको निगमको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी