पाकिस्तानका पूर्वविदेशमन्त्री कुरैशी पनि पक्राउ

पाकिस्तानका पूर्वविदेशमन्त्री कुरैशी पनि पक्राउ

  • बिहिबार, बैशाख २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

वैशाख २८, काठमाडौँ । पाकिस्तान तेहरिक(ए)इन्साफ (पीटीआई)का नेता तथा पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि प्रहरीले पक्राउ गरेको छ । कुरैशीलाई बुधबार पक्राउ गरिएको हो ।

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि देशभर हिंसा भड्किएको छ । पछिल्ला केही दिनका हिंसामा कम्तीमा १० जना मारिएको बीबीसीले जनाएको छ ।

पूर्वप्रधानमन्त्री खानपछि पीटीआईका नेताहरूलाई पनि गिरफ्तार गरिएको छ । बीबीसी उर्दूका अनुसार पीटीआईका नेता तथा पूर्वविदेशमन्त्री कुरैशीलाई पनि पक्राउ गरिएको हो ।

पक्राउ पर्नुअघि पीटीआईले सार्वजनिक गरेको भिडियोमा कुरैशीले भनेका छन्, ुप्रहरी मलाई गिरफ्तार गर्न आएको छ । म एउटा सन्देश दिन चाहन्छु, यो आन्दोलन स्वततन्त्रताको हो । यसमा हामीले सहभागिता जनाउनुपर्छ । आज इमरान खान उनीहरूको हिरासतमा छन् । उनको ज्यानलाई खतरा छ । पूर्वविदेशमन्त्री कुरैशीले नेतारकार्यकर्तालाई खानको रिहाइ नभएसम्मका लागि आन्दोलन जारी राख्न पनि आह्वान गरेका छन् ।

इस्लामाबाद प्रहरीले खानलाई अल कादिर ट्रस्टको मामिलामा पक्राउ गरेको हो । अर्को कुनै मुद्दामा धरौटी बुझाउन अदालत पुगेका खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो । एनएबी (नेसनल एकाउन्टिबिलिटी ब्युरो) ले आफ्नो कानुनअनुसार खानलाई पक्राउ गरेको विज्ञप्ति जारी गरेको छ ।

खानले सन् २०१९ डिसेम्बर २६ मा अल कादिर ट्रस्ट स्थापना गरेका थिए । यो ट्रस्टका प्रमुख खान स्वयं र उनकी पत्नी बुसरा बीबी छन् । पाकिस्तानको डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सत्तामा आएपछि गत वर्षको जुनमा खान र उनकी पत्नीविरुद्ध एक रियल इस्टेट कम्पनीको अवैध ५० अर्ब रकमलाई कानुनी हैसियत दिएको आरोप लागेको थियो । त्यसबापत आफ्नो ट्रस्टका लागि अर्बौं रुपैयाँको जमिन दानमा हासिल गरेको आरोप उनीहरूमाथि छ । खानले भने उक्त आरोपको खण्डन गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ