सामाजिक विषयको परीक्षा नेपाली भाषामै दिनुपर्ने, प्रश्नपत्र पनि नेपाली भाषामा मात्रै आउने

सामाजिक विषयको परीक्षा नेपाली भाषामै दिनुपर्ने, प्रश्नपत्र पनि नेपाली भाषामा मात्रै आउने

  • मङ्लबार, बैशाख २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

वैशाख २६, काठमाडौँ । कक्षा ९ देखि १२ कक्षाको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको परीक्षा अब नेपाली भाषमा नै दिनुपर्ने भएको छ । प्रश्नपत्र पनि नेपाली भाषामा मात्रै आउने भएको छ । केहि समयदेखि सामाजिक बिषयको पठनपाठन र परीक्षा नेपाली कि अंग्रेजीमा भन्ने विवाद देखिए पनि अन्ततः पठनपाठन र परीक्षाको माध्यम भाषा नेपाली नै हुने भएको हो।

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा विषयको माध्यम भाषा नेपालीमात्र हुने तय गरेको छ । कक्षा १२ को परीक्षा सुरु हुनुअघि राष्ट्रिय परीक्षा बोर्डले सामाजिक अध्ययन विषयको नमुना प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार पारेपछि विद्यार्थी, शिक्षक र अभिभावक द्विविधामा परेका थिए ।

निजी र अंग्रेजी माध्यममा पठनपाठन गराउने विद्यालयले सामाजिक विषय पनि अंग्रेजी माध्यममा नै पठनपाठन हुनुपर्ने र परीक्षा पनि अंग्रेजी माध्यमबाटै दिन पाउनुपर्ने माग राख्दै आएका छन् ।

पाठ्यक्रम, पाठ्यपुस्तक, माध्यम भाषा तय गर्ने जिम्मेवारी पाठ्यक्रम विकास केन्द्रले पाएको छ । बोर्डका कर्मचारीले निजी विद्यालयको दबाबमा नमुना प्रश्नपत्र अंग्रेजीमा पनि बनाएको आरोप शिक्षकहरुले लगाएका छन् । गत वर्षको परीक्षामा अंग्रेजी माध्यममा परीक्षा दिने विद्यार्थीको उत्तरपुस्तिकालाई पनि बोर्डले मान्यता दिँदै आएको छ ।

केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले सामाजिक विषयको पठनपाठन र परीक्षा नेपाली भाषामा नै हुने जनाए । केन्द्रले सामाजिकको पठनपाठन र परीक्षा नेपाली वा अंग्रेजीमा हुने प्रस्ताव राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकमा पेस गरेको थियो ।

शिक्षामन्त्री अशोक राईको अध्यक्षतामा गत बुधबार बसेको बैठकले उक्त प्रस्ताव अस्वीकृत गरेको हो । विदेशमा सञ्चालित नेपाली विद्यालय र स्वदेशी विद्यालयमा पढ्ने विदेशी विद्यार्थीले मात्र सामाजिक विषयको परीक्षा अंग्रेजी माध्यममा दिन पाउने अर्यालले जनाए ।

कक्षा १ देखि १२ सम्म सामाजिक अध्ययन विषय नेपाली भाषामा पठनपाठन गराउनुपर्ने र परीक्षा पनि नेपाली भाषामा नै सञ्चालन हुनुपर्ने व्यवस्था गरिएको छ ।

आगामी शुक्रबार हुने कक्षा १२ को सामाजिक अध्ययन विषयको परीक्षा देशभर सञ्चालनमा छ । उक्त परीक्षामा नेपाली भाषामा नै परीक्षा दिनुपर्ने बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए । ‘विद्यार्थीले प्रश्नपत्र बुझेनन् भन्ने गुनासो रहेको छ । प्रश्नपत्र बुझ्न सजिलो होस् भनेर नमुना प्रश्नपत्र अंग्रेजीमा पनि बनाएका थियौं,’ उनले भने । बोर्ड स्रोतले शुक्रबार हुने परीक्षामा भने सामाजिक विषयको प्रश्नपत्र नेपाली भाषामा मात्रै हुने जनाएको छ ।

नेपाली कला, संस्कृतिका साथै भाषा प्रवर्द्धनका लागि भन्दै सामाजिक विषयलाई अनिवार्य गर्दै माध्यम भाषा नेपाली कायम गरिएको थियो ।

शिक्षाविद्को सुझावको आधारमा ४ वर्षअघि सामाजिक विषयलाई अनिवार्य गर्दै नेपाली भाषामा पठनपाठन र परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको थियो । मंगलबारदेखि बोर्डले एक हजार ४ सय ५६ परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन गरेको छ । जेठ ५ गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा ४ लाख ६७ हजार ३ सय ८९ परीक्षार्थीले परीक्षा दिँदै छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी