२६ वैशाख, काठमाडौं । भारतको मध्यप्रदेशमा यात्रु बस पुलबाट नदीमा खस्दा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ ।
मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रका अनुसार १५ जनाको शव भेटिएको छ भने अन्य २० २५ जना घाइते भएका छन् ।
खरगोन भन्ने ठाउँमा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचेर पुलबाट बस बैराड नदीमा खसेको थियो । नदीमा पानी थिएन् ।
भारतीय समाचार संस्था पीटीआईका अनुसार मध्यप्रदेश सरकारले मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ र गम्भीर घाइतेलाई ५०–५० हजार तथा सामान्य घाइतेलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline