बेलायती राजा चाल्र्सले बाईबल समातेर लिए शपथ, पहिरिए श्रीपेच

बेलायती राजा चाल्र्सले बाईबल समातेर लिए शपथ, पहिरिए श्रीपेच

  • शनिबार, बैशाख २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

बैशाख २३ एजेन्सी । बेलायती राजा चाल्र्स त्रितीयले एक भव्य समारोहका बीच बाईबल समातेर शपथ लिएका छन् । उनलाई श्रीपेच लगाएर राज्याभिषेक पनि गराईएको छ ।

एबेमा २३ सय बढी विदेशी प्रतिनिधि, बेलायती सरकारका उच्च पदस्थ अधिकारी सहित लाखौँ नागरिक सो समारोह हेर्न सहभागी भएका थिए ।

सो अवसरमा चर्चका बिशपले उनलाई शपथ खुवाएका थिए । त्यसपछि चाल्र्सले संवोधन गर्दै आफू सेवा लिन नभई सेवा गर्न राजा बनेको बताएका थिए ।

यसैबीच राजतन्त्र बिरोधी समुहले भने राज्याभिषेकको बिरोध गरेको छ । विरोधमा उत्रिएका समुहका प्रमुखलाई सुरक्षा बलले पक्राउ गरेको छ ।

महारानी एलिजाबेथको निधन पछि चाल्र्स त्रितीय बेलायको राजा बनेका हुन् । एलिजावेथले ७० वर्ष शासन गरेकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ