कोरोना महामारीको आपतकाल अन्त्य भएको विश्व स्वास्थ्य संगठनको घोषणा

कोरोना महामारीको आपतकाल अन्त्य भएको विश्व स्वास्थ्य संगठनको घोषणा

  • शनिबार, बैशाख २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

विश्व स्वास्थ्य संगठनले कोभिड– १९ अब ‘विश्वव्यापी स्वास्थ्य आपत्काल’को रूपमा नरहेको घोषणा गरेको छ। उसको विज्ञप्तिलाई महामारी अन्त्यतर्फको एउटा मुख्य कदम ठानिएको छ।

डब्ल्यूएचओले यस भाइरसलाई लिएर जारी गरेको सबैभन्दा उच्च तहको सतर्कता तीन वर्षपछि हटाएको हो। अधिकारीहरूका अनुसार कोभिडको साप्ताहिक मृत्युदर सन् २०२१ को जनवरीमा एक लाखभन्दा बढीको उच्च विन्दुबाट गत महिना साढे तीन हजारमा झरेको छ।

डब्ल्यूएचओका महानिर्देशक डा। टेड्रोस एड्हानोम गेब्रेयससले देशहरू अब आपत्कालको अवस्थाबाट उल्लेख्य रूपमा खतराको व्यवस्थापन गर्ने अवस्थामा प्रवेश गर्न सक्ने बताएका छन्। तर, उनले सबैभन्दा उच्च तहको सतर्कता हटाउने निर्णय गर्नुको अर्थ खतरा सकिएको भन्ने नरहेको बताउँदै अवस्था फेरिएमा आपत्कालीन अवस्थालाई पुनः ब्युँत्याउन सकिने बताए।

‘बिहीबार आपत्कालीन समितिको १५औं बैठक भएको थियो र त्यसले मलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपत्काल अन्त्यको घोषणा गर्न सिफारिस गर्‍यो। त्यसलाई मैले स्विकारेँ,’ डा। गेब्रेयससले भने, ‘त्यसैले मैले निकै आशाका साथ कोभिड– १९ विश्वव्यापी स्वास्थ्य आपत्कालका रूपमा सकिएको घोषणा गर्दछु।’

कोरोना भाइरसका कारण झन्डै ७० लाख मानिसहरूको मृत्यु पुष्टि भएको बताउँदै उनले उक्त संख्या खासमा तीन गुणा बढी हुन सक्ने टिप्पणी गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ