बैशाख १७ एजेन्सी । रुसी विदेशमन्त्री सरगेई लाभरोभले रुसलाई एक्ल्याउने पश्चिमा शक्तिहरुको प्रयासलाई विश्वका ८५ प्रतिशत जनसंख्याले असफल पारेको बताएका छन् ।
उनले पश्चिमाहरुको रुस विरोधी नाकाबन्दी र प्रतिवन्धमा विश्वको अधिकांश जनता र देशले सहभागीता जनाउन अस्वीकार गरेको र रुससँग राम्रो सम्बन्ध बनाईरहेको बताएका छन् ।
विश्व विस्तारै बहुध्रुवीय बनिरहेको र यसबाट अब एकधु्रवीयतिर फर्कने संभावना नभएको मात्र नभई पूर्व औपनिवेशिक शक्तिहरु अब कमजोर हुने पनि उनले बताए ।
बहुध्रवीयताका विषयमा आयोजित बहसमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
रुसले युक्रेनमा हमला गरेपछि अमेरीका र नेटो देशहरुले रुसमाथि प्रतिवन्ध लगाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline