अमेरीकामा फेरी गोली काण्ड, एक बालक सहित ५ जनाको मृत्यु

अमेरीकामा फेरी गोली काण्ड, एक बालक सहित ५ जनाको मृत्यु

  • आइतवार, बैशाख १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी । अमेरिकाको टेक्ससमा एक व्यक्तिले छिमेकीमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको छ ।

आफूसँग भएको बन्दुक प्रयोग गर्ने अभ्यासका क्रममा विवाद भएपछि उनले छिमेकीको घरमा प्रवेश गरेर अन्धाधन्ध गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ८ वर्षीय एक बालक समेत रहेका छन् । मृतक सबै जना क्यारेबियन मुलुक होन्डुरसका नागरिक हुन् ।

प्रहरीले ३८ वर्षीय मेक्सीकन नागरिक फ्रान्सीस्को ओरोपेजलाई संदीग्ध अपराधिको सूचीमा राखेर खोजी गरिरहेको छ । घरभित्र नरसंहारमा बाँचेका दुई जना बालबालिकालाई दुई महिलाले शरीरले छेकेर बचाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ