बैशाख १६ एजेन्सी । उत्तर कोरीयाका राष्ट्रपति किम जोङ उनकी बहीनी किम यो जोङले अमेरीकी राष्ट्रपति जो बाईडेन भविष्य नभएको वृद्ध मानिस भएको टिप्पणी गरेकी छन् ।
उत्तर कोरीयालाई लक्षित गर्दै अमेरीका र दक्षिण कोरीयाले परमाणु बम सम्बन्धि सहकार्य बढाउने सहमति गरेपछि उनले यस्तो टिप्पणी गरेकी हुन् ।
उत्तर कोरीया बिरुद्ध कुनै पनि उत्तेजना फैलाईए कडा कदम चाल्ने पनि उनले चेतावनी दिएकी छन् ।
उत्तर कोरीया परमाणु हतियार सम्पन्न देश बनिसकेको छ । यसबाट दक्षिण कोरीया र जापानले खतरा महसुस गर्दै आएका छन् । दक्षिण कोरीया भने अमेरीकी सुरक्षा छाता भित्र रहँदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline