भारतको दंतेवाडामा माओवादी विद्रोहीको आक्रमणमा परी १० जना प्रहरीको मृत्यु

भारतको दंतेवाडामा माओवादी विद्रोहीको आक्रमणमा परी १० जना प्रहरीको मृत्यु

  • बुधबार, बैशाख १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

बैशाख १३ एजेन्सी । भारतको छत्तीसगढको दंतेवाडा जिल्लामा माओवादी विद्रोहीले गरेको आक्रमणमा परी १० जना सुरक्षाकर्मीको मृत्यु भएको छ । साथै एक जना सिभिल गाडी चालकको पनि ज्यान गएको छ ।

माओवादी बिरुद्ध सर्च अप्रेसन चलाएर फर्किएको जिल्ला सुरक्षागार्डको बाहन विद्रोहीले थापेको एम्बुसमा परेको थियो । सो विष्फोटपछि गाडी नष्ट हुनुका साथै १० प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको सरकारले जनाएको छ ।

अहिले माओवादी बिरुद्ध सर्च अप्रेसन जारी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ