ठूला दल बिरुद्ध ठूलो धक्काः अब सच्चिने कि सक्किने ?

ठूला दल बिरुद्ध ठूलो धक्काः अब सच्चिने कि सक्किने ?

  • मङ्लबार, बैशाख १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

बैशाख १२ काठमाण्डौँ । यस पटकको उपनिर्वाचनले ठूला भनिएका दलहरु बिरुद्ध ठूलो रेक्टरको धक्का दिएको छ । गठबन्धन गरेर वा नगरेर परम्परागत रुपमै हिँड्दै गरेका , जनताले पटक पटक आलोचना गर्दा समेच सच्चिएर काम गर्न नसकेका दलहरुलाई पछिल्लो उपनिर्वाचनको जनमतले अब ठूला दल सच्चिने कि सक्किने भन्ने सन्देश दिएको छ ।

तनहुँ र चितवनको भोटिङ ट्रेन्डले दलको सदस्यता र प्रशिक्षणले मात्रै प्रतिवद्ध हुँदैनन् जनता भन्ने सन्देश दिएको छ । गठबन्धनले तनहुँ र चितवनमा जितेमा मन्त्री बनाउने परमपरागत आस्वासन दिएको थियो । सैनिक हेलिकप्टरमै शीर्ष नेताहरु मत माग्न पुगेका थिए । तर नतिजा उल्टो आयो ।

भर्खरै स्थापित भएको घण्टीले ठूला दलको सातो लिएको छ ।

सिहदरबार र बालुवाटार वरिपरि वरालीरहने, नयाँ कार्यक्रम सहित जनतामा नजाने , सरकारमा बसेर गतिशील काम गर्न नसक्ने र पटक पटक परिक्षण भईसकेका नेताहरु नै सत्ताको केन्द्रमा बसिरहने , पार्टीको नेतृत्वमा बसिरहने र तल्लो स्तरमा प्रत्यक्ष प्रजातन्त्रको अनुभुति नहुने गरी लाद्ने वा लादिने स्थितिबाट कार्यकर्ता र जनता मुक्त हुन खोजेको देखिन्छ ।

अब ठूला दलहरुले आन्तरीक कलह, गुटबन्दी छाडेर नयाँ प्रतिवद्ध कार्यक्रम सहित अघि नबढे र सरकारमा हुनेले गुणात्मक कार्य नगरे दलहरु सक्किएर नयाँ दलहरुले विस्थापित गर्ने संभावना बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी