बैशाख १० एजेन्सी । वारिस पञ्जाब दे का प्रमुख अमृतपाल सिंहलाई पञ्जाब पुलिसले ३६ दिनपछि पक्राउ गरेको छ। उनले आज प्रहरी समक्ष आत्मसर्मण गरेका हुन् ।
उनलाई पञ्जाबको मोगा जिल्लास्थित रोडे गाउँको गुरुद्वाराबाट आइतवार बिहान ६ बजेर ४५ मिनेटमा पक्राउ गरिएको हो । उनलाई अब असमको डिब्रुगढ जेलमा लगेर थुनिँदैछ।
गुरुद्वारा ग्रन्थीका अनुसार अमृतपाल शनिवार राति रोडे गाउँ पुगेका थिए। बिहान गिरफ्तारीअघि उनले गुरुद्वाराको ग्रन्थीसँग पाँच ककार (केश, कृपाण, कंघा, कडा र कच्छा) मागेर पहिरिएपछि प्रवचनमार्फत स्थानीयलाई सम्बोधन गरेका थिए ।
अमृतपालका निकटहरुले नै उनले आत्मसमर्पणको योजना बनाएको जानकारी पुलिसलाई दिएका थिए। पुलिसले भिड जम्मा भएर माहोल बिग्रिन नदिन सतर्कता अपनाएको थयो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline