श्रीलंकाले एक लाख बाँदर चीनलाई बेच्ने

श्रीलंकाले एक लाख बाँदर चीनलाई बेच्ने

  • शनिबार, बैशाख ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

एजेन्सी । चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले १ लाख बाँदर चीन निकासी गर्ने भएको छ ।

श्रीलंकाको कृषि मन्त्रालयका वरिष्ठ अधिकारी गुणादास समरसिंघेले चीनको जुलजिकल गार्डेनको माग अनुसार १ लाख बाँदर चीन पठाइने पुष्टि गर्नुभएको हो । बाँदरको बढ्दो संख्याका कारण बालीनालीमा ब्यापक रूपमा क्षति भइरहेकाले त्यसबाट मुक्ति पाउन पनि बाँदर निकासी गर्न लागेको वरिष्ठ अधिकारी समरसिंघेको भनाइ छ ।

त्यहाँबाट टोकमकाकी प्रजातिको बाँदर निकासी गरिने भएको छ । उक्त प्रजाति विश्वमै दुर्लभ बाँदरमा पर्ने विज्ञहरुले बताएका छन् । श्रीलंकाबाट लगिने बाँदर चीनका १ हजार चिडियाघरमा राखिने जनाइएको छ । बाँदर निकासीकै लागि श्रीलंकाले पशुपंक्षी निकासी प्रतिबन्ध सम्बन्धि कानूनमा समेत संशोधन गरिसकेको छ ।

पछिल्लो समय श्रीलंकामा बाँदरको संख्या बढेर २५ देखि ३० लाख पुगेको अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ