बैशाख ५ एजेन्सी । सुडानमा केही दिन यता सरकारी सेना र विद्रोही समूहबीच भइरहेको सत्ता संघर्षका कारण मृत्यु हुनेको संख्या २ सय पुगेको छ ।
३ दिनदेखिको लडाईमा १८ सय जना मानिसहरू घाइते भएका छन् । सुडानका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि भोल्कर पर्थेसका अनुसार सेना र अर्धसैनिक बलबीचको संघर्ष झन नै चर्किदै गएको छ ।
सुडानमा सेनाले नागरिक शासन पुनस्थापना गर्न ढिलाई गरेपछि आर.एस.एफ.ले बलपूर्वक सत्ता कब्जा गर्न खोजेको हो । सोही क्रममा राजधानी खार्तुमका मुख्य प्रशासनिक भवनहरु नियन्त्रणमा लिन दुई पक्षबीच भिडन्त भइरहेको छ ।
सुडानमा अहिले सेनाका प्रमुख अब्देल फतेह अल बुर्हानले शासन गरिरहेका छन् । आर.एस.एफ.को नेतृत्व भने जनरल मोहोमोद हमदान डागालोले गरेका छन् । यसैबीच अमेरिकाले सुडानको संघर्ष अन्त्यका लागि युद्धबिराम गर्न आह्वान गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline