भारतका पूर्व सांसद अतिह अहमदको परिवारै प्रहरीले ईन्काउन्टरमा सखाप पार्यो

भारतका पूर्व सांसद अतिह अहमदको परिवारै प्रहरीले ईन्काउन्टरमा सखाप पार्यो

  • आइतवार, बैशाख ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

बैशाख ३ एजेन्सी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा पूर्व सांसद अतिक अहमद र उनका दाजूको प्रहरीले ईन्काउन्टरका नाममा हत्या गरेको छ ।
शनिबार राति १० बजे स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदै गर्दा अतिक अहमद र असरफ अहमदको प्रहरी घेरामै गोली हानी हत्या गरिएको हो ।

गुण्डा नाइकेबाट राजनीतिकर्मी बनेका उनीहरु मिडियासँग कुरा गर्दै अघि बढेको बेला भीडबाट उनीहरुमाथि गोली प्रहार भएको थियो । गोली हानेको दृष्य पनि क्यामेरामा कैद भएको छ ।

घटनालगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लवलेश तिवारी, अरुण मौर्य र सनी कासगञ्ज रहेका छन् ।

उनीहरु रिपोर्टर बनेर अहमद दाजुभाईको नजिक पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यो हत्यामा प्रहरीकै संलग्नता रहेको भन्दै बिरोध समेत भएको समाचार छ ।

उत्तर प्रदेश विधानसभामा चार पटक सांसद रहिसकेका अतिक अहमदमाथि अपहरण, हत्या, असुली, बलात्कार लगायत एक सय बढी आरोपहरु विभिन्न अदालतमा विचाराधीन छन् । ४४ वर्ष अघि उमेश पाल नामक ब्यक्तिको अहरणपछि हत्या गरेको आरोपमा गत महिना अदालतले अतिकलाई जन्मकैदको सजाय सुनाएको थियो ।

अतिक अहमदका छोरा दुई दिन अघि झाँसीमा प्रहरी कारबाहीमा मारिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ