चीनमा पुगेर ब्राजिलका राष्ट्रपतिले भने विश्व व्यापारमा अमेरीकी डलरको बर्चस्व अन्त्य गर्नु पर्छ

चीनमा पुगेर ब्राजिलका राष्ट्रपतिले भने विश्व व्यापारमा अमेरीकी डलरको बर्चस्व अन्त्य गर्नु पर्छ

  • आइतवार, बैशाख ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

बैशाख ३ एजेन्सी । ब्राजिलका राष्ट्रपति लुइ इनासियो लुला दा सिल्भाले विश्वको भूराजनीति सन्तुलित पार्न आफूले चीनसँग सहकार्य गर्न चाहेको बताएका छन्। चीनको तीन दिने भ्रमण टुंग्याउँदै उनले अब विस्व व्यापारबाट अमेरीकी बर्चस्व अन्त्य गर्नु पर्ने बताएका छन् ।

‘हामी हाम्रा दुई मुलुकबीचको रणनीतिक साझेदारीको स्तरोन्नति गर्न चाहन्छौँ। व्यापार विस्तार गर्न चाहन्छौँ र चीनसँग मिलेर विश्वको भूराजनीति सन्तुलित पार्न चाहन्छौँ,’ जेलबाट निस्केर तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेका लुलाले भने। ७७ वर्षीय नेता बहुध्रुवीय विश्वको पक्षपाती हुन् ।

लुलालाई बेइजिङमा भव्य स्वागत गरिएको थियो। राष्ट्रपति सी चिनफिङले उनलाई ‘असल र पुराना मित्र’ भनेर सम्बोधन गरे।

दुई पक्षबीच १० अर्ब डलर बराबरका एक दर्जनभन्दा बढी सम्झौताहरुमा हस्ताक्षर भएको छ। जसमा पूर्वाधार, स्याटेलाइट निर्माणदेखि व्यापार सहजीकरणसम्मका विषय छन्।

ब्राजिल र चीन दुवै ब्रिक्सका सदस्य हुन्। जसलाई सक्रिय पार्ने इच्छा लुलाले व्यक्त गरेका छन्।

‘प्रत्येक रात म आफैँलाई सोध्छु, सबै मुलुकले आफ्नो व्यापार किन डलरकै आधारमा गर्नुपरेको होला,’ लुलाले बिहीबार सांघाइमा भने, ‘हामी हाम्रै मुद्रामा व्यापार गर्न किन सक्दैनौँ ?’

उनले त्यसो भनिरहँदा ब्राजिली र चिनियाँ अधिकारीहरु रहेको दर्शकदिर्घामा ताली गड्गडाहट सुनिएको थियो।

उनको यो भनाइले वासिङ्टनका अधिकारीहरु भने शसंकित बनेका छन् ।

अझ सीका साथमा सम्बोधन गर्दै उनले अमेरिकाले अनेक प्रतिबन्ध लगाएको हुवावे भ्रमण गरेको समेत बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ