चैत्र ३० काठमाण्डौँ । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित पर्यटन मन्त्री सुदन किँराती सहितको टोलीले भव्य स्वागत गरेको छ ।
चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले खादा माला लगाइदिएर स्वागत गरे ।
आज बिहान १८१ जना चिनियाँ पर्यटकहरु हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका हुन् ।
विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले यति ठूलो संख्यामा एकै पटक चीनीया पर्यटक आउनु खुसीको कुरा भन्दै अझै सात सय पर्यटकको समुह आउने तयारी भएको बताए ।
नेपाल आउने पर्यटकहरुले नेपाल र चीनको झण्डा बोकेका थिए । पछिल्लो समय नेपालमा पर्यृटक आगमनको बृद्धि भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline