कोकाहा खानेपानी सहयोगको लागि आयोजित च्यारिटी  कन्सर्टमा हजारौको भिड

कोकाहा खानेपानी सहयोगको लागि आयोजित च्यारिटी  कन्सर्टमा हजारौको भिड

  • बुधबार, चैत्र २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

धरान।  धरान उपमहानगर पालिकाका  मेयर हर्क साम्पाङ्गले देशविदेशबाटआर्थिक सहयोग र श्रमदान बाट दैनिक कोकाहाबाट धरानसम्मको करिब २७ किलोमिटरको लामो दुरीमा पाइप तान्ने काम भईरहेको छ।

मेयर  साम्पाङ्गको यहि कोकाहा खानेपानी सहयोग अभियानमा सहयोग पुर्याउने अभिप्रायले  सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा गत चैत्र २५ गते शनिबार    ” अ च्यारिटी  कन्सर्ट फर  कोकाहा खानेपानी धरान ” नामक सांगीतिक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ।

धरानको वडा नं २० स्थित कोकाहा खोलाको पानीलाई छिमेकी नगर बराहक्षेत्र हुदै धरान ल्याउन  १४० mm को २० फिटे पाइप करिब ४५०० वटा आवश्यक रहेको छ।  र दैनीक आर्थिक सहयोग र श्रम सहयोगको क्रम चलिरहेको   यो योजनाको लागी पाइप खरिदमै मात्र ३ करोड बढी खर्च हुने अनुमान गरिएको छ । यही योजनाको लागी सहयोग जुटाउनआयोजित कन्सर्टमा  नेपालका चर्चित गायक, गायिकाहरुले निःशुल्क गीत गाएका थिए । धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा आयोजित कन्सर्टमा अहिलेसम्मकै ठुलो संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । कन्सर्टमा चर्चित गायक राई इज किङ राजेश पायल राई, वरिष्ठ गायक दीप श्रेष्ठ, दीपक लिम्बु, प्रविशा अधिकारी, एकदेव लिम्बु, डिल्ली फोम्बो एण्ड ब्याण्ड, द वाकिङ क्लाउड ब्याण्ड, रोहित मास्केले पनि गीत गएका थिए ।

कन्सर्टमा मेयर साम्पाङले पनि गीत गाउदा उत्साहको लहर छाएको थियो । वडा नं २ का वडाअध्यक्ष रमेश राईले गीत गराउदा मेयर साम्पाङसँगै उपमेयर अइन्द्रबिक्रम बेघा पनि छमछमी नाचेका थिए । धरान नृत्य कला प्रतिष्ठानले आकर्षक नृत्य प्रस्तुत गरेको थियो । अन्तिम प्रस्तुतीकोरुपमा गायक राजेश पायल राईको गीत सकिदा मध्यराती साढे १२ बजे बजिसकेको थियो । कार्यक्रम संचालन कान्तिपुर एफ एमका चर्चित आरजे महेश लिम्बु संगै इक्सा मादेन र गोबिन राजभण्डारीले गरेका थिए।

मेयर साम्पाङले निःशुल्क गीत गाउन आएका कलाकारहरु बिशेष आभार प्रकट गर्दै कार्यक्रम ऐतिहासिक भएको बताए । उनले कोकाहा खानेपानी अभियानलाई कलाकारहरुले पनि साथ दिएको भन्दै जसरी पनि पानी ल्याएरै छोड्ने बताए । कलाकारहरुले पनि मेयर साम्पाङ जनताको हितमा दिनरात खटिएको कारण आफुहरु पनि सहयोग गर्न धरान आएको बताएका थिए । कार्यक्रमकी संयोजक एवं गीतकार मिना सिंगकले सांगीतिक साँझ भव्यरुपमा सम्पन्न भएको र आयव्यय केही दिनमा सार्वजनिक गरिने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी