फ्रान्सेली राष्ट्रपति म्याक्रोनले भने अब यूरोपले अमेरीकाको पिछलग्गु हुनु हुदैन

फ्रान्सेली राष्ट्रपति म्याक्रोनले भने अब यूरोपले अमेरीकाको पिछलग्गु हुनु हुदैन

  • सोमवार, चैत्र २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

चैत्र २७ काठमाण्डौँ । फ्रान्सका राष्ट्रपति ईम्यानुएल म्याक्रोनले अब यूरोपले अमेरीकाको पिछलग्गु हुनबाट जोगिनु पर्ने बताएका छन् । हालै चीन भ्रमणमा रहेका बेला बिमानमै अन्तवार्ता दिँदै उनले यो अभिव्यक्ति दिएपछि यसबारे नेटोमा खलबलि पैदा भएको छ ।

अब यूरोपले एउटा रणनीतिक स्वायत्तताको सिद्धान्त अनुसार अमेरीकामाथिको निर्भरता घटाउनु पर्ने उनको धारणा छ ।

चीनले ताईवान लक्षित सैन्य अभ्यास गरीरहेको समयमा म्याक्रोनले चीन ताईवान मुद्धामा चीन र अमेरीकाको बीचमा यूरोप उभिन नहुने पनि सुझाए ।

गत बुधवार ताइवानी राष्ट्रपति साई–इंग वेन र अमेरिकी हाउस ऑफ रिप्रजेंटेटिभ केविन मैकेर्थीसँग भेटवार्ता गरेपछि चीनले बिशाल सैन्य अभ्यास शुरु गरेको छ ।

यूरोप अब तेस्रो सुपर पावर बन्ने नीतिमा लाग्नु पर्ने उनको भनाई छ । चीनीया राष्ट्रपति सि जिन पिङसँगको बिशेष भेटपछि विमान मार्फत गुआङ चाओ जाने क्रममा उनले फ्रान्सका दुई र एक युरोपेली पत्रकारसँग साक्षात्कार गरेका थिए ।

उनले जुन समस्या यूरोपको हैन, त्यसमा फसेर यूरोपले जोखिम उठाउन नहुने तर्कमा जोड दिएका छन् । यूरोपेली जनताले अमेरीकाको अनुयायी भएको भन्ने सवालको जवाफ खोज्नु पर्ने समय आएको म्याक्रोनको तर्क छ ।

उनले यूरोपले युक्रेन संकट समेत समाधान गर्न नसकेका बेला ताईवान मुद्धामा अमेरीकाको पछि लाग्नु उचित नहुने बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ