चैत्र २६ एजेन्सी । अमेरीकाले ताईवान मामलामा चीनसँग प्रत्यक्ष युद्धका लागि तयार रहेको चेतावनी दिएको छ । ताईवानी राष्ट्रपतिले अमेरीका भ्रमण गरेर त्याहाँको सभामुखसँग भेट गरेपछि आक्रोशित चीनले चारै तिरबाट घेरा हालेर बिशाल सैन्य अभ्यास शुरु गरेपछि अमेरीकाको यो चेतावनी आएको हो ।
अमेरीकी सांसद माईकल एमसीकाउलले ताईवान भ्रमणका क्रममा यस्तो चेतावनी दिएका हुन् ।
चीनले यदी ताईवानमाथि हमला गर्छ भने अमेरीकाले प्रत्यक्ष युद्ध गर्नेछ , उनले चेतावनी दिए । चीनले ताईवान अभिन्न अंग भन्दै आएको छ । ताईवानको वर्तमान सरकारले अलग्गै देशको मान्यता दिलाउन प्रयास गरिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline