चैत्र २४ एजेन्सी । ताईवानका राष्ट्रपतिले अमेरीका भ्रमण गरेपछि चीनले ताईवानलाई घेरा हालेर सैन्य अभ्यास शुरु गरेको छ । ताईवानलाई चार दिशाबाट घेरा हालेर लामो दुरीको रकेट, युद्धपोत, क्षेप्यास्त्र र लडाकु विमानहरुले सैन्य अभ्यास शुरु गरेको जनमुक्ति सेनाले जनाएको छ ।
जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डको अगुवाईमा यो बिशाल सैन्य अभ्यास शुरु भएको हो ।
जनमुक्ति सेनाले समुन्द्र, आकाश र जमिन कब्जाको नयाँ अभ्यास गरेको सेनाले उल्लेख गरेको छ । यो अभ्यासमा चीनले अत्याधुनिक हतियार समेत प्रयोग गरेको छ ।
ताईवानी राष्ट्रपति साई यिगं वेनले अमेरीका भ्रमण गरेपछि चीन क्रुद्ध बनेको हो । ताईवान चीनको अभिन्न अंग भएको भन्दै चीनले यसलाई एकीकरण गर्ने र त्यसका निम्ती आवस्यक बल प्रयोग समेत गर्न सक्ने चेतावनी दिँदै आएको छ । तर अमेरीकाले ताईवानलाई अलग्गै देशको मान्यता दिएर अघि बढाउन प्रयास गरिरहेको छ ।