पासपोर्ट मुद्धामा रवि लामिछाने बिरुद्ध सर्वोच्च अदालतमा आज सुनुवाई हुँदै

पासपोर्ट मुद्धामा रवि लामिछाने बिरुद्ध सर्वोच्च अदालतमा आज सुनुवाई हुँदै

  • बुधबार, चैत्र २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

चैत्र २२ काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध परेको राहदानी मुद्धाको सुनुवाई आज शुरु हुँदैछ । सरकारी वकिलको कार्यलय र महान्यायधीवक्ताको कार्यलयले मुद्धा नचलाउने निर्णय गरेपछि त्यो खारेज गर्दै मुद्धा चलाउन माग सहित युवारज पौडेलले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

मंगलबारका लागि सुनुवाइको पेसी तोकिए भए पनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि आजका लागि न्यायाधीश सिन्हारहितको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्चका न्यायाधीश सिन्हाले यसअघि संवैधानिक इजलासमा आफ्ना राय आइसकेकाले आफूरहितको इजलासमा निवेदन पेस गर्नुपर्ने जनाएका थिए।

यस अघि नागरिकता प्रकरणमा लामिछानेको सांसद र मन्त्री पद खारेज भए पछि चितवन २ मा पुनः उपनिर्वाचन हुँदैछ । पासपोर्ट मुद्धा बल्झिए चितवनमा फेरी समस्या आउन सक्ने भएकाले निर्वाचन अघि नै यो मुद्धाको छिनोफानो हुनु पर्नेमा सर्वसाधारणको समेत चासो देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ