अमेरीका सहित शक्ति राष्ट्रलाई तर्साउदै किम जोङ उन, देखाए ट्याक्टिकल परमाणु बम

अमेरीका सहित शक्ति राष्ट्रलाई तर्साउदै किम जोङ उन, देखाए ट्याक्टिकल परमाणु बम

  • मङ्लबार, चैत्र १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

एजेन्सी चैत्र १४ । सँयुक्त राष्ट्रसंघ र अमेरीका सहित पश्चिमा राष्ट्रहरुको प्रतिवन्धका कारण एक्लिएको उत्तर कोरीयाले आत्मनिर्भर रुपमा शक्तिशाली हतियारको विकासमा भने पछि परेको छैन ।

अमेरीकी सुरक्षा छाता भित्र रहेका दक्षिण कोरीया र जापान जहिले पनि उत्तर कोरीयासँग संवेदनशील हुँदै आएका छन् ।

पछिल्लो समय उत्तर कोरीयाले आणविक हतियार प्रहार गर्न सक्ने ड्रोनको विकास गरेको घोषणा गरेको थियो ।
उत्तर कोरीयाले पुनः राष्ट्रपति किम जोङ उनका अगाडी लस्करै राखिएका ट्याक्टिकल परमाणु बमहरुको तस्वीर सार्वजनिक गरेको छ । यसप्रति पश्चिमा शक्तिहरुले चिन्ता जनाएका छन् । उत्तर कोरीयाले यी कार्यनीतिक हतियारहरुले दक्षिण कोरीयाको सबै भागमा आक्रमण गर्न सक्ने सन्देश दिएका छन् ।

उत्तर कोरीयाले यस अघि पटक पटक अन्तरमहादेशीय ब्यालेष्टीक मिसाईलको परीक्षण गरेको थियो ।

उत्तर कोरीयाले प्रतिवन्धका बीच परमाणु हतियार विकास गरीसकेकाले अघिल्लो अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोङ उनसँग वार्ता गरेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ