चैत्र १२ एजेन्सी । युक्रेनमा जारी सैन्य अभियानका क्रममा अमेरीका र युरोपेली देशहरुबाट उपलव्ध गराईएको हतियारबाट खतरा पैदा हुन सक्ने देखेर रुसले पश्चिमा शक्तिहरुको काउन्टरका लागि बेलारुसमा परमाणु हतियार तैनाथ गर्ने घोषणा गरेको छ ।
रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले बेलायले युरेनियम सेल युक्रेनलाई दिन लागेको सार्वजनिक भए पछि परमाणु बम तैनाथीको घोषणा गरेका हुन् ।
पुटिनले बेलारुसमा परमाणु हतियार तैनाथ गर्न स्टोरेज निर्माण कार्य सम्पन्न हुन लागेको भन्दै केही समय भित्रै त्यस्ता हतियार त्याहाँ तैनाथ गर्ने बताए ।
रुसी सेनाकै मातहतमा रहने गरी ती हतियार तैनाथ गरिनेछन् । हाल रुसले १२ हजार बढी सेना बेलारुसमा तैनाथ गरेको छ ।
बेलारुसी राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले अमेरीका र यूरोपले नजिकै परमाणु हतियार तैनाथ गरेकाले चूनौती पैदा भएको बताएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline