एजेन्सी चैत्र ११ । भारतीय कंग्रेस आईका नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ । उनी लोकसभा सदस्यमा निर्वाचित भएका थिए ।
लोकसभाको सचिवालयले मानहानी मुद्दामा एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएका गान्धीलाई शुक्रबार लोक सभा सदस्य हुन अयोग्य रहेको घोषणा गरेको हो।
यसअघि बिहीबार राहुललाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको घटनामा २ वर्षको सजाय सुनाएको थियो ।
गान्धी सन् २०१९ को चुनावमा केरलाबाट लोकसभा सदस्य निर्वाचित भएका थिए। राहुल गान्धीले १३ अप्रिल २०१९ मा कर्नाटकको कोलारमा एउटा चुनावी र्यालीमा भनेका थिए, “नीरव मोदी, ललित मोदी, नरेन्द्र मोदीको उपनाम किन समान छ सबै चोर ? भनेर भाषण गरेका थिए ।
सोही भाषणलाई लिएर राहुल विरुद्ध अदालतमा मानहानीको मुद्दा परेको थियो । सो मुद्दाको बिहिबार फैसला भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline