बेलायती संसदद्धारा टिकटकमाथि प्रतिवन्ध

बेलायती संसदद्धारा टिकटकमाथि प्रतिवन्ध

  • शुक्रबार, चैत्र १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाण्डौ । बेलायतको संसदले सुरक्षा चिन्ताका कारण चीनको सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ। अब संसदको वाइफाई नेटवर्कबाट प्रयोग गर्न पाइने छैन।

बेलायत सरकारले सुरक्षा समीक्षापछि यस्तो निर्णय लिएको हो। योसँगै अब मन्त्रीहरुले आफ्नो फोनमा एप प्रयोग गर्न पाउने छैनन्।

बेलायतका धेरै सांसदहरुले यो एप प्रयोग गर्ने गरेका थिए। यससँगै टिकटकलाई कर्मचारीलाई दिइएको उपकरणबाट पनि हटाइनेछ।

टिकटकले आफ्ना प्रयोगकर्ताको डाटा चिनियाँ सरकारलाई दिने यी आरोपहरुलाई स्पष्ट रुपमा अस्वीकार गरेको छ।

कम्पनीले आफ्नो विज्ञप्तिमा संसदको यो निर्णयलाई गलत धारणामा आधारित भएको जनाएको छ।

यो प्रतिबन्धलगत्तै संसदमा आउने सबै सांसद तथा अतिथिहरुले संसदको वाइफाई नेटवर्कबाट आफ्नो डिभाइसमा टिकटक चलाउन पाउने छैनन्। यद्यपि, तिनीहरुले आफ्नो मोबाइल डाटाका साथ आफ्नो फोनमा टिकटक प्रयोग गर्न सक्षम हुनेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी