एजेन्सी चैत्र ८ । रुसी र चीनबीच आपसी रणनीतिक साझेदारीलाई थप उचाईमा पुर्याउने समझदारी बनेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको मस्को भ्रमणका बेला रुसी राष्ट्रपति भ्लादीमीर पुटिनसँग भएको औपचारीक वार्तामा यस्तो समझदारी बनेको हो ।
चिनियाँ राष्ट्रपति सीले रुसी समकक्षी पुटिनसँगको नयाँ सम्झौताले सम्बन्धमा नयाँ युग सुरू भएको प्रतिकृया दिएका छन् । ‘हामीले रणनीतिक साझेदारीलाई नयाँ आयाम दिने गरी सम्झौता गरेका छौं र यसले रुस–चीन सम्बन्धमा नयाँ युग सुरू हुनेछ’ सीले भनेका छन्।
यस्तै, रुसी राष्ट्रपति पुटिनले ब्यवहारिक सहयोगमा आफूहरुको प्राथमिकता रहेको भन्दै सबैखाले सम्बन्धहरुलाई अघि बढाउने गरी सम्झौता भएको र दुई देशबीचको सम्बन्धमा कुनै सीमा नभएको प्रतिकृया दिए ।
पछिल्लो समय रुसी ग्यास र तेल चीनले खरीद गर्दै आएको छ भने कारोबार रुबल र युआनमा हुँदै आएको छ । उर्जा, सुरक्षा र सैन्य विषयमा दुबै देश रणनीतिक रुपले अघि बढीरहेका छन् ।
यक्रेन युद्धको शान्तिपूर्ण समाधानमा चीनीया राष्ट्रपतिले प्रस्ताव राखेकामा पुटिनले त्यसलाई सकारात्मक रुपमा लिएका छन् ।
दुई नेताले जारी गरको सँयुक्त विज्ञप्तिमा युक्रेन संकटलाई नाटोमा आवद्ध देशहरुले उछालिरहेको भनिएको छ ।