एजेन्सी चैत्र ८ । अफगानिस्तानको फैजाबादलाई केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अफ्गानिस्तानमा कम्तीमा एक दर्जन जति मानिसको मृत्यु भएको र संयौ घाईते भएको बताईएको छ ।
पाकिस्ताको हिन्द् कुश क्षेत्रमा भूकम्पको तीव्रता ६.८ म्याग्नच्यिुड रहेको पाकिस्तानी मौसम विज्ञान विभागले जनाएको छ । भूकम्पले इस्लामाबाद लाहोर र पेशावरलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ । हाल सम्म कम्तीमा दुई जनाको मृत्यु भएको बताईएको छ ।
भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्ली‚ राजस्थान र जम्मुकश्मिरमा समेत महसुस गरिएको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline