संस्कृति ईन्टरनेसनल स्कुलको १३ औँ स्थापना दिवस सम्पन्न

संस्कृति ईन्टरनेसनल स्कुलको १३ औँ स्थापना दिवस सम्पन्न

  • मङ्लबार, फाल्गुन ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

फागुण ३० काठमाण्डौँ । एक्काइसौँ शताब्दीलाई सम्बोधन गर्ने शिक्षा प्रदान गर्न कटिबद्ध संस्कृति इन्टरनेसनल स्कुलले आफ्नो १३ औँ स्थापना दिवस यहि फागुन २० गतेका दिन विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न ग¥यो ।

काठमाडौँको हल्चोक स्थित आफ्नै विद्यालय हाता भित्र भएको उक्त समारोहमा प्रमुख अतिथि डाक्टर राजेश गोँगलले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । विद्यालयका छात्राहरूले स्वागत स्वरूप गणेश बन्दनामा सुन्दर नृत्य प्रस्तुत गरेका थिए ।

बालमनोविज्ञानलाई केन्द्रमा राखी द्रुत गतिमा परिवर्तन भइरहेको विश्वलाई हाँक्न सक्ने नयाँ पुस्ताको निर्माणमा होस्टेमा हैँसे मिलाइरहेको संस्कृति इन्टरनेसनल स्कुलकी प्राचार्य तिमिला श्रेष्ठले अतिथि गण, अभिभावक, विद्यार्थी तथा उपस्थित सम्पूर्णलाई आफ्नो मन्तव्यले स्वागत गर्नुभएको थियो ।

विद्यालयका नानीबाबुहरूद्वारा लिखित सिर्जनात्मक लेखनलाई गोडमेल गर्न विद्यालयले प्रकाशित गरेको ‘संस्कृति मञ्जरी’ त्यसै मञ्चबाट प्रमुख अतिथि डाक्टर राजेश गोँगल, विद्यालयका अध्यक्ष रञ्जित आचार्य र विद्यालय निर्देशक दिप्ती आचार्य तथा विद्यालयकी प्राचार्य तिमिला श्रेष्ठले विमोचन गर्नुभयो ।

विमोचित ‘संस्कृति मञ्जरी’ को बारेमा समीक्षात्मक मन्तव्य विद्यालयका सह–प्राचार्य अमित मन्त्रीले राख्नुभएको थियो । विद्यार्थीको प्रतिभा प्रस्फुटन र समाजसेवा बारेको सोचलाई मलजल गर्न प्रत्येक वर्ष आयोजना गरिने ‘संस्कृति स्टुडेन्ट अफ द इयर’ का विषयमा विद्यालयकी माध्यमिक तह संयोजक श्रोमोना थापाले प्रकाश पार्नुभएको थियो । सामूहिक कार्य प्रस्तुति चरण, सामुदायिक सेवा परियोजना प्रस्तुति चरण र वैयक्तिक सिप प्रस्तुति चरण गरी तीन चरणमा सम्पन्न प्रतियोगितामा सामुदायिक सेवा परियोजना प्रस्तुति चरणका प्रथम, द्वितीय र तृतीय क्रमशः वरिष्ठ न्यौपाने, रेयान राजन पुन र समृद्धि खड्का भएका थिए भने वैयक्तिक सिप प्रस्तुति चरणका प्रथम, द्वितीय र तृतीय क्रमशः नितिशा गुरुङ्ग, रेयान राजन पुन र वरिष्ठ न्यौपाने भएका थिए ।

संस्कृति स्टुडेन्ट अफ द इयरका सेकेन्ड रनर अप वरिष्ठ न्यौपाने, फस्ट रनर अप नितिशा गुरुङ्ग र स्टुडेन्ट अफ द इयर रेयान राजन पुनलाई कार्यक्रममा विशेष अतिथि डाक्टर राजेश गोँगल, विद्यालयका अध्यक्ष तथा निर्देशकले क्रमश १०,०००, १५,००० र २०,००० पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कारमा प्राप्त रकमलाई समाजसेवामा लगाउने विजेताको प्रतिवद्धतालाई उपस्थित सम्पूर्णले तालीले स्वागत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथिको परिचय विद्यालयका अध्यक्ष रञ्जित आचार्यले दिनुभएको थियो भने विद्यालयले राष्ट्रका गहनाका रूपमा रहेका खेलाडीलाई प्रदान गर्दै आएको योगदानको पनि जानकारी दिनुभएको थियो । संस्कृति इन्टरनेसनल स्कुलले समाजसेवाका विविध क्षेत्रमा आर्थिक योगदान गर्दै आएको छ । यस क्रमलाई निरन्तरता दिँदै हस्पिस नेपाललाई एक लाख रुपैयाँ त्यस संस्थाका अध्यक्ष डाक्टर राजेश गोँगलमार्फत प्रदान गरिएको थियो । रकम हस्तान्तरणपछि विद्यालयका सार्थक कामहरूको प्रशंसा गर्दै तेह्रौँ विद्यालय स्थापना दिवसको शुभकामना प्रमुख अतिथि डाक्टर राजेश गोँगलले आफ्नो मन्तव्यमा दिनुभयो ।
विद्यार्थीहरूले कस्मिरमा भाग लिएको स्की प्रतियोगिताका विजेतालाई पदक तथा प्रमाणपत्र दिएपछि शिक्षा क्षेत्रको स्तरवृद्धिमा अहोरात्र खटिनुहुने विद्यालयकी निर्देशक दिप्ती आचार्यले विद्यालयका गौरवपूर्ण १३ वर्षलाई सम्झँदै सम्पूर्ण अभिभावक, विद्यार्थीवर्ग तथा विद्यालय परिवारलाई धन्यवाद दिनुभएको थियो । शिक्षालाई जीवनसँग जोड्दै विद्यार्थीको चौतर्फी विकासमा संस्कृति इन्टरनेसनल स्कुल सदा लागिरहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । त्यसपछि कार्यक्रमको आकर्षकणको रूपमा रहेका प्रत्येक कक्षाका खेलका स्टलहरूको उद्घाटन भयो । मञ्चबाट विद्यार्थीहरूले गायन र वाद्यवादनले मन तान्दै थिए भने खेलका स्टलहरूले उपस्थित अभिभावक तथा विद्यार्थीलाई आफूतर्फ तान्दै थिए । कतै चित्रकला प्रदर्शनीमा दर्शकहरू विद्यार्थीका सिर्जनाको आनन्द लिँदै थिए भने थ्रिडिआई लगायतका स्टलमा पनि उत्साहमय उपस्थिति थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी