अमेरीका, बेलायत र अष्ट्रेलियाबीच सुरक्षा सम्झौता, युक्रेनमा सबमरिन बनाउने, अष्ट्रेलियालाई बेच्ने

अमेरीका, बेलायत र अष्ट्रेलियाबीच सुरक्षा सम्झौता, युक्रेनमा सबमरिन बनाउने, अष्ट्रेलियालाई बेच्ने

  • मङ्लबार, फाल्गुन ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

फागुण ३० काठमाण्डौँ । संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाबीच नयाँ सुरक्षा सम्झौता भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी एल्बानिजले संयुक्त पत्रकार सम्मेलन गर्दै त्रिपक्षीय नयाँ सम्झौताको जानकारी दिएका हुन्।

डेढ वर्षअघि त्रिदेशीय सुरक्षा छाता ‘औकस’ बनाएका यी शक्तिशाली ३ देशबीच अमेरिकाको क्यालिफोर्नियामा भएको वार्ताबाट नयाँ सुरक्षा रणनीतिमा सहमति गरेका हुन्।

सहमति अनुसार अष्ट्रेलियाले अमेरिकाबाट आणविक क्षमतासहितका ३ वटा पनडुब्बी खरिद गर्ने भएको छ।

अष्ट्रेलियाले सन् २०३० भित्र अरु २ वटा पन्डुब्बी पनि खरिद गर्न सक्ने जनाइएको छ।

अष्ट्रेलियाले खरिद गर्ने ति पनडुब्बी नयाँ पुस्ताको हतियार बाहक हुने र त्यसले क्षेत्रीय शक्ति सन्तुलन बनाएर राख्ने अमेरिकाले दावी गरेको छ।

इण्डो प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभाव रोक्नका लागि यी ३ देशबीच औकस गठबन्धन बनेको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनडुब्बीमा आणविक हतियार नहुने र आणविक मुक्त देश हुने अष्ट्रेलियाको प्रतिबद्धतालाई खतरामा नपार्ने दाबी गरे।

यस्तै बेलायतका प्रधानमन्त्री ऋषि सुनकले चीनले ‘विश्व व्यवस्थालाई चुनौती दिएको’ र यसलाई गम्भीर रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

नयाँ एसएसएन औकुस पनडुब्बीहरू यूकेले पनि प्रयोग गर्नेछ र योजना अनुरूप सन् २०३० को दशकको अन्त्यसम्ममा रोयल न्याभीका लागि सञ्चालन हुनेछ।

यूकेको पनडुब्बी निर्माणमा अमेरिकाले केही संवेदनशील प्रविधि उपलब्ध गराउने छ।

अस्ट्रेलियालाई उपलब्ध गराउने जहाज भने दक्षिणी अस्ट्रेलियामा निर्माण हुनेछ। त्यसमा यूकेमा निर्मित केही सामग्रीहरूको प्रयोग गरिने छ र सन् २०४० को दशकको सुरुवातमा प्रयोगमा आउने बताइएको छ।

सोमबार उल्लिखित सम्झौता अन्तर्गत, रोयल अष्ट्रेलियन नेवी (आरएएन) का सदस्यहरूलाई पनडुब्बीहरू प्रयोग गर्न आवश्यक सीप र तालिम यसै वर्षदेखि अमेरिका र बेलायतको पनडुब्बी आधारहरूमा इम्बेड गरिनेछ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ