भृकुटीमण्डपको जग्गा सस्तोमा भाडा दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्व मन्त्री न्यौपानेलाई ९ बर्ष जेल सजाय

भृकुटीमण्डपको जग्गा सस्तोमा भाडा दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्व मन्त्री न्यौपानेलाई ९ बर्ष जेल सजाय

  • बिहिबार, फाल्गुन २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

२५ फागुन, काठमाडौं । विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडामा समाज कल्याण परिषद्लाई २० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहित ७ जनालाई सजाय सुनाएको छ ।

पूर्वमन्त्री तथा गत निर्वाचनमा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङसँग भने जरिवाना मात्र तोकेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले १६ फागुनमा भृकुटीमण्डपको जग्गामा भ्रष्टाचार भएको ठहर गरेको थियो । उक्त घटनामा संलग्नहरुलाई बिहीबार सजाय निर्धारण गरिएको हो ।

जसमा पूर्व समाजकल्याणमन्त्री बद्रीप्रसाद न्यौपानेलाई ९ वर्ष कैद र २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा नै बिगो र थप ६ महिना कैद सजाय निर्धारण भएको विशेष अदालतका उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए ।

 

पूर्वमन्त्री टेकबहादुर गुरुङलाई भने मतियार ठहर गर्दै १ करोड २१ लाख, ८४ हजार ४०१ रुपैयाँ ८० पैसा जरिवानाको सजाय निर्धारण भएको भट्टराईले बताए ।

विशेष अदालतले समाजकल्याण परिषदका तत्कालिन उपाध्यक्ष प्रमोद मेहता, तत्कालिन कोषाध्यक्ष कुञ्जविहारीप्रसाद चौधरी, तत्कालिन सदस्यहरु हरि न्यौपाने, मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र तत्कालिन सदस्य सचिव रवीन्द्र कुमारलाई पनि कैद र जरिवानाको सजाय निर्धारण गरेको छ । मेहतालाई ८ वर्ष कैद २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा बिगो र थप ६ महिना जरिवाना हुने विशेष अदालतले फैसला गरेको छ ।

त्यसैगरी चौधरीलाई २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा बिगोको फैसला गरिएको छ । न्यौपानेलाई ८ वर्ष कैद, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो तोकिएको छ भने शर्मा, कर्ण र कुमारलाई पनि ८ वर्ष कैदका साथै २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो रकम तोकिएको छ । कुमारलाई थप ६ महिना कैद गरिने पनि उल्लेख गरिएको छ ।

काठमाडौं फनपार्कका सञ्चालक रवीन्द्र गुरुङसँग २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो असुल गर्ने फैसला भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी