१७ पटक भिडेर पनि प्रधानमन्त्री हुन नसकेका रामचन्द्र पौडेल एकै पटकमा राष्ट्रपति बने

१७ पटक भिडेर पनि प्रधानमन्त्री हुन नसकेका रामचन्द्र पौडेल एकै पटकमा राष्ट्रपति बने

  • बिहिबार, फाल्गुन २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौं । २०६७ मा १७ पटकसम्म प्रधानमन्त्रीमा प्रतिस्पर्धा गरेर पराजय व्यहोरेका रामचन्द्र पौडेल यस पटक पनि एक पटक प्रधानमन्त्री हुने चाहना खुल्ला रुपमै व्यक्त गर्दै आएका थिए । उनले चुनावका क्रममा पनि र पार्टी महाधिवेशनमा पनि सभापतिका लागि उम्मेद्धारी नदिई यही भागको पखाईमा उभ्याएका थिए ।

तर काँग्रेस माओवादी गठबन्धन पुष १० मा टुटेपछि पौडेल प्रचण्डप्रति नरम देखिए । उनले प्रचण्डले काँग्रेसलाई धोका दिएको नभई देउवाले प्रचण्डलाई धोका भएको टिप्पणी गरे । यसले भावी दिनमा उनलाई राष्ट्रपति या प्रधानमन्त्री हुन प्रचण्डको भूमिकाको महत्व स्पष्ट थियो ।

प्रचण्ड पनि पौडेल राष्ट्रपति र आफू प्रधानमन्त्री भएको सुखद दृष्य चाहन्थे । देउवाको अडानले बाध्य भएर एमालेसँग मिलेर सरकार बनाए पनि प्रचण्डले पुरानो गठबन्धनलाई जोडेर पौडेललाई राष्ट्रपति बनाईदिएका छन् ।

बिहिबार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा पौडेल विजयी भए । नयाँ राष्ट्रपति चयनका लागि भएको मतदानमा पौडेल ३३ हजार ८०२ मत भार ल्याएर विजयी भए । पौडेलका प्रतिस्पर्धी नेकपा एमालेका सुवावचन्द्र नेम्वाङको पक्षमा १५ हजार ५१८ मत परेको थियो । पौडेल र नेम्वाङबीचको मतभारको अन्तर १८ हजार २८४ रहेको छ । २०६७ मा १७ पटकसम्म प्रधानमन्त्रीमा प्रतिस्पर्धा गरेका पौडेल राष्ट्रपतिमा भने एकै पटकको प्रयासमा सफल भए ।

२०६४ मा संविधान सभामा तनहुँ क्षेत्र नम्बर २ बाट विजयी भएपछि पौडेल २०६५ मा नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका थिए । २०६७ साउनमा प्रधानमन्त्री चयनका लागि प्रतिस्पर्धा भएको थियो । कांग्रेसबाट प्रधानमन्त्रीमा पौडेल, नेकपा माओवादीबाट हालका प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेबाट झलनाथ खनालले संसद्मा उम्मेदवारी दिएका थिए । तीनै जनाबीच ७ पटकसम्म प्रतिस्पर्धा भएपछि दाहाल प्रधानमन्त्रीको रेसबाट बाहिरिए । तीनै जनाले संवैधानिक प्रावधान अनुसार आवश्यक मत ल्याउन सकेनन् ।

दाहाल बाहिरिएपछि पौडेल र खनालबीच १७ पटकसम्म प्रतिस्पर्धा भएको थियो । त्यसपछि खनालले प्रधानमन्त्री हात पार्दा पौडेललाई भने सून्य हात लाग्यो । तर राष्ट्रपतिमा भने पौडेललाई एकै पटकको प्रतिस्पर्धामा सफलता हात लागेको छ । पौडेललाई अब सबैको साझा भएर भूमिका निर्वाह गर्ने जिम्मेवारी आइलागेको छ ।

२०१६ सालदेखि विद्यार्थी राजनीति शुरु गरेका पौडेल कहिले मन्त्री, कहिले उपप्रधानमन्त्री हुँदै सभामुख सम्म भएका थिए । उनको यो राष्ट्रपतिको कार्यकाल राजनीतिक जीवनको संभवतः सुखद र अन्तिम कार्यकाल हुन सक्ने आंकलन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी